अजिंगर सर्प संग खेल्ने र पाल्ने अचम्म स्वभाव भएकी युवती – हेर्नुहोस् भिडियो

girl-love-to-play-with-anaconda

सोखलाई पुरा गर्नको लागी यस्तो गरियो जुन कुरा थाहा पाएर तपाइहरु तिन छक पर्नु हुँनेछ । हर कसैलाई केहि न केहि कुराको सोख हुँदछ जहाँ मानिसहरुलाई एक भन्दा बेसी राम्रो कार, घर आदिको इच्छा हुन्छ भने त्यसतै संसारमा यस्तो मानिसहरुको पनि कमि छैन जस्को इच्छा र सोखहरु धेरै नै अचम्म प्रकारका हुँन्छन् ।

यति मात्रै होइनकी आफ्नो–आफ्नो सोख पुरा गर्नको लागी जे पनि गर्ने गर्छन् । यसतै खबर अमेरिकाको पोर्टल्यान्डबाट अगाडि आएको छ जहाँ एक युवतीले आफ्नो सोखलाई पुरा गर्न केहि यस्तो गरिन् जस्को बारेमा थाहा पाएर तपाइ अचम्मीत हुनुहुनेछ ।

यस युवतीले जीउँदो अजिंगर सर्पलाई आफ्नो कानको बाली बनाएकी छिन् । यहि कारणले गर्दा यस केटी संग सम्बन्धित तस्वीरहरु धेरै छिटो सामाजिक संजालहरुमा भाइरल भइरहेका छन् ।

जसले पनि यो तस्वीरहरु हेरेका छन् उनीहरु उनीहरु छक्क परेका छन् । सर्प जस्लाई अगाडि देखे पछि जस्तो सुकै मानिसलाई पनि डर लाग्न सक्छ त्यही यस केटीको कामहरु देखेर मानिसहरु बिभिन्न किसिमका प्रतिक्रिया दिइरहेको पाइन्छ ।

जानकारी अनुसार “एसलेइग ग्लेभ” अमेरिकाको पोर्टल्यान्डमा बस्छिन् र उनलाई सर्प यति मन पर्छ कि उनी सर्पलाई घरमा पाल्ने मात्र नभएर तिनीहरु संग खेल्ने पनि गर्छिन् ।

तर उनको सोख समस्या बनेको थियो जब उनको पालेको अजिंगरलाई उनले कानमा बालीको जस्तै पहिरिय । हुँन त एसलेइगको कानमा पहिलेबाट नै लामो प्वाल थियो र जब उनी सर्प संग खेलिरहेकी थिइन् त्यही समय सर्प उनको कानको ठूलो प्वालमा फस्यो त्यस पछि के थियो निकै कोसिस गर्दा पनि सर्प प्वालबाट बाहिर निष्कन सकेन ।

नराम्रो तरिकाले फसेको सर्प छट्पटाउन थाल्यो र त्यस पछि त्यस सर्पलाई निकाल्नको लागी एसलेइग अस्पताल गइन् किनभने उनी त्यस सर्पलाई अलिकति पनि दुःख दिन चाहन्थीनन् ।

अस्पतालमा डाक्टरहरुले सर्पको बिषेश ध्यान राख्दै उनको कानलाई सुन्न (बेहोस) बनाएर अजिंगरलाई प्वालबाट बाहिर निकाले । त्यस घटना पश्चात उनको सर्प संग खेल्ने सोख सकिएको देखिन्छ ।

Facebook Comments