बिना इन्धन १०० बर्ष सम्म चल्ने कार – द कार्डिल्याक थोरियुम (फोटो र भिडियो सहित)

hundred-years-thorium-donot-need-fuel

अहिले सम्म थुप्रै मानिसहरु बिधुतबाट चल्ने कार चलाउन नरुचाए पनि , थोरियुम कार चाँहि दिगो यातायातको अन्तिम नयाँ अवधारणा हुनेछ । वास्तवमा १०० बर्ष पछि मात्र यो कारमा इन्धन भर्नु पर्ने जरुरत हुन्छ ।

आधारित अनुमान अनुसार, इन्धनको साटो कारलाई “टोस्ट” गरिन्छ ।

यो न्यूक्लिएर थोरियुम कारको संरचना कसरी गएिको छ ?

थोरियुम–पावर्ड कारको अवधारणालाई “लेजर पावर सिस्टम्” द्धारा प्रस्तुत गरिएको हो । जस्ले दावी गरेका छन्, यस कारको लागी “रेडियोएक्टिभ” तत्व लिइदैंछ यस्ले लेजर बीम उत्पन्न गर्छ त्यसले पानीलाई ततायर बाफमा परिणत गर्छ र इन्जिनलाई शक्ति प्रदान गर्छ ।

concept-and-design-of-thorium

के यो कार “रेडियोएक्टिभ” भएका कारण निकै खतरनाक छ त ? छैन । लेजर पावर सिस्टमका मुख्य कार्यकारी अधिकारी डा. चालर्स स्टिभनस्का अनुसार, कार चलाउँदा मात्र एउटा एलुमिनियम फोयलले कारमा सवार मानिसहरुलाई त्यस रेडियसनबाट सुरक्षा दिन सक्छ, धेरै लामो यात्रा गरेता पनि दावी अनुसार यसको रेडियसन दन्त एक्स्रकोे भन्दा पनि कम छ ।

design-of-theorium-car

लेजर पावर सिस्टम थोरियुम इन्धन अवधारणा कारको अन्त्य सम्म पनि इन्धन नभर्नुपर्ने हो । कम्पनीले सोचेको छ थोरियुम चाँहि घर, शहर तथा विश्वका लागि एक स्वक्ष्य विधुत उत्पादन गर्ने विकल्प हुनेछ । थोरियुमले हरेक एक–एक घरमा उर्जा प्रदान गर्न सक्छ भनि डा. स्टिभन सल्लाहा दिनुहुन्छ ।

थोरियुम एक इन्धनको विकल्प हो भन्ने बिषयमा तपाई के सोच्नुहुन्छ – के तपाई रेडियोएक्टिभ तत्वबाट बनेको कार चलाउँनु हुन्छ ?

Facebook Comments