एक लाख मूल्यको खुकुरी – खुकुरी हेर्नेको भिड

one-cost-khukuri-in-mohatsab

बगलुङको बडिगाड गाउँपालिकामा आयोजित प्रथम बडिगाड मोहत्सवमा ९९ हजार ९ सय ९९ मूल्य पर्ने खुकुरी बिक्रि गर्न प्रदर्शनमा राखिएको छ ।

खुकुरी तथा फलामे हात–हतियारका सिपमा पोक्त मानबहादुर बि.कले यस खुकुरी बनाएका हुँन् र अहिले उनलाई खुकुरीका बारे जानकारी दिँदैमा भ्याइ–नभ्याइ छ । बडिगाड मोहत्सवमा आउँने मानिसहरुको आकर्शणको बिषय यो दैत्य आकारको खुकुरी बनेको छ । सिपकार बि.कका भनाइ अनुसार, १ लाख जति मूल्य रहेको यो खुकुरीलाई बनाउँन ८ दिन लागेको थियो ।

१३ बर्षको उमेर देखि नै ३८ बर्षीय मान बहादुर बि. क यस पेशामा सम्लग्न थिए । उनले बडिगाड मोहत्सवमा खुकुरी संग–संगै थुप्रै घरेलु हतियारहरु र भाडाहरु बिक्रिमा राख्नु भएको छ ।

गत ७ बर्ष देखि बि.क बुर्तिवाङ बजारमा “बुर्तिवाङ आरन सेवा” व्यवसाय सञ्चालन गर्दै आउँनु भएको छ र उनी भन्छन् मोहत्सव लागेको बेला स्टल राख्ने गर्छु र प्रत्यक मोहत्सवमा करिब १ लाख जस्तो कमाइ हुँने गर्दछ ।

मान बहादुर बाग्लुङ लगाएत छिमेकी जिल्ला पाल्पा, गुल्मीमा हुने मेलामा पनि स्टल लगाउने गर्दछन् । उनी भन्छन्, मानिसहरुलाई लोभ्याउने खुकुरी किन्ने भन्दा नि हेर्नेको घुँइचो धेरै हुँन्छ ।

घरको सजावटका निम्ती सोख र पैसा हुनेहरु ठूलो आकारको खुकुरी किन्ने गर्छन् । बि.क भन्नुहुन्छ, ठूलो खुकुरी माग आएको बेला मात्र बनाउँने गरिन्छ, र मोहत्सवमा आउने दर्शकहरु दैत्य खुकुरीलाई देखि त्यसबारे जिज्ञासा लिइरहेका छन् ।

उहाँ भन्नुहुन्छ फलामलाई आरानमा गलाएर खुकुरीको आकार दिन घनले पिटेर थुप्रै परिश्रमले खुकुरी तयार हुँन्छ । श्रीमती सरिता उहाँकी घर्म पत्नीले पनि उहाँको व्यवसायमा हात बढाउँनु भएको छ । बि.क प्रत्यक महोत्सवमा आफ्नी श्रीमती संग जाने गर्छन् । बि.कले आफ्नो व्यवसायमा केहि कालिगडहरुलाई रोज्गारी समेत प्रदान गरेका छन् ।

बि.क भन्नुहुन्छ व्यवसायबाट प्रत्यक महिना सबै खर्चहरु काटेर लगभग १ लाख जतिको आम्दानी हुने गर्छ । बि.क आफ्नो पेशालाई पुख्र्यौली पेशा बताउँनुहुँन्छ र उहाँले भन्नुभयो मैले यो आरानको सानो पेशालाई व्यवसायमा परिणत गरेको छु । उहाँको पुख्र्यौली घर ढोरपाटन नगरपालिका–६ अधिकारी चौर हो र उनका पिता अझैं पनि गाउँमा आरानकै काम गर्नुहुँन्छ ।

आफ्ना बुवाबाट नै गाउँमा उनले आरानको काम सिकेका थिए र यो पेशालाई व्यवसायमा परिणत गर्न आफु बजार आएको बि.क बताउँनु हुँन्छ । त्यस व्यवसायबाट भएको कमाइले उनले ढोरपाटन नगरपालिका–२ बुर्तिवाङमा सुन्दर घर बनाउँनु भएको छ । बि.कका दुई छोरा र दुइै छोरी छन् र अहिले उनीहरु स्कुल पढ्ने गर्छन् । आफ्नो पुख्र्यौली पेशालाई माया गरेर मेहेनत गरि बि.क अगाडि बढ्न सफल हुँनु भएको हो ।

बडिगाड गाउँपालिकामा प्रथम पटक आयोजित “बडिगाड महोत्सव” वा “पौँदी न्वागी मेला” मा घरेलु उत्पादनलाई बढि ग्राहेता दिइएको छ ।

मंसिर ९ गते सम्म चल्ने यो महोत्सवमा विभिद खेलकुद तथा सांस्कृतिक कार्यक्रम राखिएको महोत्सव आयोजक समितिका अध्यक्ष कलाधर घिमिरेले बताउनु भयो । पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले यस बडिगाड महोत्सवको उद्घाटन गर्नु भएको हो ।

Facebook Comments