सिरहामा चिया बेचेर गुजारा गर्ने दाम्पत्तीले आफ्नो ३ करोड मुल्य भएको जग्गा स्वास्थ्य चौकीलाई दान गरेका छन्

three-crore-donated-by-tea-maker-for-health-post

चिया बेचेर गुजारा गर्दै आएका सिरहाका एक दम्पत्तीले ३ करोड मुल्य बराबरको जमीन स्वास्थ्य चौकी बनाउँन दान गरेका हुँन् ।

रामपुरका बिन्देश्वरा शाह हल्वाइ र उनकी धर्म पत्नी सकुन्तला ७ कट्ठा जमीन दान गरेका हुन भने ठाउँ–ठाउँमा मन्दिर बनाएर परोपकारी भावनाको उदाहरण बनेका छन् ।

बिन्देश्वरा शाह हल्वाइको सिरहा रामपुरमा खरले छाएको घरमा सानो चिया पसल छ । यहाँ चिया पसल गरेर उनले जेठो छोरालाई इन्जिनियर र कान्छो छोरालाइ आइएस्सी पढाएका हुँन् । त्यति मात्रै होइन चिया पसल गरेर उनले गाउँका बिभिन्न मठ–मन्दिरहरु पनि बनाएका छन् ।

चिया पसलबाट भएको आम्दानीले जग्गा खरिद गरेर हल्वाइ दम्पत्तीले स्वास्थ्य चौकीलाई समेत ७ कट्ठा जमीन दान दिएका छन् ।

दानी बिन्देश्वरा “समाजको उपकारको लागी उनले जमीन दान गरेको हुँ” भन्नुहुन्छ ।

उनले दान गरेको जमिनमा हाल सुबिधा सम्पन्न स्वास्थ्य चौकी बनेको छ ।

Facebook Comments