संसार कै अविश्मरणीय सुन्दर तिलिचो ताल – तस्वीरहरु सहित हेर्नुहोस् ।

tilicho-lake-eye-appealing-lake-of-world

तिलिचो ताल नेपालको मनाङ जिल्लामा पर्दछ र यो ताल पोखराबाट मात्र ५५ किलोमिटरको दुरीमा छ । अन्नपूर्ण हिमश्रिंखलामा पर्ने तिलिचो ताल समुन्द्र सतहबाट ४,९१९ मिटर उचाइमा स्थित छ र यो ताल संसारकै उच्च भागमा भएको ताल हो । अरु श्रोतहरुको अनुसार यो ताल समुन्द्रको सतहबाट ४९४९ मिटर उचाइमा रहेको जानकारी पाइन्छ ।

tilicho-lake-highest-altitude-lake-in-world

नेपालको जल विज्ञान र मौसम विज्ञान बिभागको रिपोर्ट अनुसार तिलिचो तालमा कुनै पनि पानीमा बस्ने जीव छैन ।

अन्नपूर्ण सर्किट ट्रेकको प्रख्यात गन्तव्यहरु मध्य तिलिचो ताल पनि एक प्रख्यात सुन्दर गन्तव्य हो यति मात्रै नभएर यो विश्व भरिका पर्यटकहरुको पनि घुम्ने गन्तव्य मानिन्छ ।

annapurna-area-trekking-to-tilicho-lake

trek-to-tilicho-base-camp

तिलिचो बेस क्याम्प पुग्नका लागी कुल समय ३–४ दिन लाग्ने गर्दछ । यस ताल र हिड्ने बाटोको बिचमा लजहरु भएका कारण हामीलाई क्यापिङ गनुपर्ने जरुरी छैन र यो हाम्रो लागी एकदमै खुशीको कुरा पनि हो ।

tilicho-lake-trek-from-tilicho-base-camp

लज भएको ठाउँ तिलिचो बेस क्याम्पबाट एक दिनको हिँडाइले अन्तिम गन्तव्य तिलिचो ताल पुगिन्छ ।

beautiful-himalayas-views-from-tilicho-lake

अन्नपूर्ण क्षेत्रमा ट्रेक गर्दा थुप्रै सुन्दर हिमालहरु देखिने सौभाग्य मिल्ने हुदाँ तिलिचो लाललाई आश्चर्यजनक क्षेत्रमा गनिएको हो । नेपाल भरमा तिलिचो तालको सुन्दर यात्रा तपाइहरुलाई एक अविश्मरणीय यात्राको अनुभव हुनेछ ।

beautiful-himalayas-wall-surrounded-tilicho-lake

यस तालको एक भाग हिमालयले घेरिएको छ भने अर्को भाग चाँहि अदृश्य तिलिचो पाहाडले घरिएको देखिन्छ । तिलिचो तालको मनै लोभाउने सुन्दर दृश्यले जो–कोहिको मन प्रफुल्ल पार्न सक्छ ।

Facebook Comments