टी–१० लिगमा सन्दिप लामिछाने पहिलो खेलमै २ ओभरमा ३ विकेट लिदै म्यान अफ द म्याच

man-of-the-match-sandip-lamichhanne-in-cricket

यूएइमा भइरहेको टी–१० क्रिकेट लिगमा नेपाली स्पिन बलर सन्दिप लामिछानेले केरेलाबाट उत्कृष्ट खेल खेल्दै २ ओभरमा ३ विकेट हात पार्न सफल भएका छन् ।

सारजाहा क्रिकेट मैदानमा भएको यस खेलमा केरेलाले टस जितेर पहिले फिल्डिङ गरेको थियो । केरेलाबाट पाँचौ ओभरको बलिङ सन्दिप लामिछानेले गरेका थिए । उनले आफ्नो ओभरको पहिलो बलमा नै विकेट हाँसिल गरेका थिए । सन्दिपले फ्लेचरलाई ३२ रनमा आउट गरे र त्यही ओभरको अन्तिम बलमा इन्ग्रामलाई पनि एक रनमा आउट गरे त्यसरी यिनले आफ्नो पहिलो ओभर मै दुई विकेट हाँसिल गरेका थिए ।

kerala-team-cheerup-for-sandip-wicket

मात्र ७ रन खर्चिदैं सन्दिपले दोस्रो ओभरमा पनि आफ्नो बलिङको कला देखाएर अर्को विकेट हाँसिल गर्न सफल भए । अन्तिम विकेट उनले मुहम्मद कलीमको लिएका थिए र कलीमलाइ उनले खाता खोल्ने मौका दिएनन् । कुल उनले २ ओभर बलिङ गरेर १७ रन मात्र दिइ ३ विकेट हाँसिल गरेका थिए ।

morgan-playing-for-karela

त्यस खेलमा केरेलाले पख्तुन्सबाट एक सय दश रनको लक्ष्य पाएको थियो । दुई विकेट गुमाउँदै केरेलाले ११० रनको लक्ष्य पुगाएको थियो जस्मा पाउल स्ट्रलीङ र मोर्गनले दमदार ब्याटिङ गरेका थिए । त्यस खेलमा पाउलले केरेलाका लागी ४० रन जोडेका थिए भने मोर्गनले ४६ रन जोडेका थिए ।

man-of-the-match-sandip-rewarded-two-hundred-dollar

सन्दिप लामिछानेले टी–१० लिगको पहिलो खेलमै ३ विकेट लि म्यान अफ द म्याच भइ सनसनी मच्चाएका छन् । दुई ओभरमा १७ रन मात्र दिएर ३ विकेट लिएको हुँनाले उनी म्यान अफ द म्याच चुनीएका हुँन् ।

Facebook Comments