नेपाली खेलाडि सन्दिप लामिछाने आफ्नो टिम मेलबर्नबाट बिग बस् लिग खेल्दै

sandeep-playing-from-melbourne-team-in-big-boss-league

पौष ६, काठमाण्डौं – नेपाली लेग स्पिनर सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले बिग बस् लिग क्रिकेट प्रतियोगिता आज खेल्नेछ ।

आज सिड्नी थन्डर विरुद्ध सन्दिप लामिछानेको टिम मेलबर्न क्यानेबेरा शहरमा स्थित क्रिकेट स्टेडियममा प्रतिसप्रधा गर्नेछ । नेपाली समय दिउँसो २ बजे देखि उक्त मेलबर्न र सिड्नी बीचको प्रतिसप्रधा सुरु हुँनेछ ।

सन्दिप लामिछानेले पहिलो खेलमा नै डेब्यु गर्ने प्रबल सम्भावना देखिएको छ । मेलबर्नको टिममा वेष्ट–इन्डिजका डिव्याने ब्रयाभो र नेपालका सन्दिप लामिछाने मात्र विदेशी खेलाडि हुँन् बाँकि सबै अष्ट्रेलियन खेलाडि नै हुँन् ।

sandeep-performing-for-melbourne-in-big-boss

दुई जना विदेशी खेलाडिले एक खेलमा खेल्न पाउँने बिग बस् क्रिकेट लिगको नियम भएकाले सन्दिप लामिछानेको उक्त खेलमा डेब्यु गर्ने प्रबल सम्भावना रहेको हो ।

सन्दिपले बिग बस क्रिकेट लिगमा डेब्यु गर्न पाए उनको सपना पुरा हुँनेछ किनभने उनले आफ्नो सपना बिग बस लिग खेल्ने रहेको बारम्बार बताउँदै आएका छन् । यस लिगमा ग्लेन म्याक्सव्यल मेलबर्न टिमका कप्तान रहेका छन् ।

नेपाली खेलाडि सन्दिप लामिछानेले “यात्रा सुरु गर्ने एक उत्तम तरिका” लेखको स्ट्याटस सहित कोच फ्लेमिङ र ड्वेन ब्रयाभो संग खिचेको फोटो टुइटरमा पोष्ट गरेका छन् ।

Facebook Comments