पाकिस्तान सुपर लिग क्रिकेटमा संदिप लामिछाने किनीएका छन् – ५७ लाख पारिश्रमिक

sandeep-lamichhane-bought-in-pakistan-super-league-cricket

नेपालका लेग स्पिनर क्रिकेट खेलाडि सन्दिप लामिछाने पाकिस्तान सुपर लिगमा खेल्ने पक्का–पक्की भइसकेको छ । पाकिस्तान सुपर लिगमा मंगलवार भएको खेलाडिहरुको अक्सनमा संदिप लामिछानेलाई धनाढ्य कतार लुब्रिकेन्ट्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको लाहोर्स क्वालान्डर्स क्रिकेट क्लबले किनेको हो ।

यस क्रिकेट लिगमा संदिप लामिछाने ५० हजार देखि ७० हजार अमेरिकन डलर (५७ – ६८ लाख ने.रु) मा लाहार्स क्वालन्डर्स द्धारा किनिएका छन् । विदेशी खेलाडिको कोटा अनुसार संदिप लामिछाने अक्सनको “गोल्ड बर्ग” का सुचिमा परेका थिए ।

नेपाली चर्चित क्रिकेट खेलाडि संदिप लामिछानेले हालै खेलेको भारतको आइपिएल देखि लिएर वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग तथा क्यानडाको ग्लोबल टी–२० लिग खेलिसकेका छन् । संदिप हाल टी–१० लिग खेल्न यूएइमा छन् र त्यस पश्चात् अष्ट्रेलियाको बिग बास लिग खेल्न उनी अष्ट्रेलिया जानेछन् ।

संदिप लामिछाने किनिएका लाहोर्स क्वालन्डर्स क्रिकेट क्लबमा दक्षिण अफ्रिकाका दमदार ब्याट्स म्यान् एबि डिभिलियर्स, पाकिस्तानका कोरी एन्डर्सन, यसिर शाह र मोहम्मद हाफिज लगाएत वेस्ट इन्डिजका कार्लोस ब्रयाथवैट, न्यूजिल्यान्डका ब्रेन्डम म्याकुलम र कोरी एन्डर्सन पनि रहेका छन् ।

यस पाकिस्तान सुपर लिग क्रिकेटको सुरुवात फाल्गुन २ गते बाट चैत्र ३ गते सम्म हुँनेछ र यस खेलको उद्घाटन दुवईमा हुँनेछ भने फाइनल खेल चाँहि पाकिस्ताको कराँचीमा हुँनेछ ।

Facebook Comments