सन्दिप लामिछानेले २ विकेट लिए पनि वर्षाका कारण खेल बराबरिमा समाप्त

cricket-league-kerala-vs-sindhi-sandeep-score-two-wicket

सन्दिप लामिछानेले केरला किंग्सको लागी दुई विकेट हाँसिल गरेता पनि केरला किंग्सले राजपुत्ससँग अन्त्यमा अंक बाँड्नु पर्यो । खाडि देश युएईमा भइरहेको टि–१० लिग क्रिकेट लिगअन्तर्गत केरलाको तेस्रो खेलमा वर्षा भएका कारण केरलाले राजपुतसँग अंक बाँड्नु परेको हो ।

उक्त खेलमा राजपुत्सले टस हारेको कारण पहिले ब्याटिङ गर्नु पर्यो र ९ ओभरमा पाँच विकेट गुमाउँदै ९५ हुँदा वर्षा हुँन थालेको थियो ।

राजपुत्सबाट लौरि इभान्सले ३८ रन स्कोर गरेरका थिए । टस जितेर फिल्डीङ रोजेका केरलाबाट नेपालका सन्दीप लामिछानेले आफ्नो टिमको लागी २ विकेट लिएका थिए । पहिलो ओभरमा नै उनले राजपुतका दमदार ब्याट्स म्यान मोहम्मद शाहजादलाई एक रनमै आउट गरेका थिए ।

त्यस्तै गरि उनले आफ्नो दोस्रो ओभर गर्दा कार्लोस ब्राथवाइटलाई पनि १ रनमै आउट गर्न सफल भएका थिए । सन्दीपले बलिङ गरेका २ ओभरमा उनले जम्मा २३ रन दिएर २ विकेट हाँसिल गरेका थिए ।

सन्दिप लामिछानेले टी–१० को आफ्नो पहिलो पख्तुन्स संगको खेलमा ३ विकेट लिएका थिए जसमा करेलाले कुल ८ विकेटले पख्तुन्सलाई हराएको थियो । आफ्नो अद्भुत खेलको प्रर्दशनी गरेर उनले पहिलो खेलमा नै ३ विकेट लिएर म्यान अफ द म्याच भएका थिए र दोस्रो खेलमा भने उनले १ विकेट मात्र लिन सफल भएका थिए ।

तर सिन्धिससँगको यो खेल केरलाको अन्तिम खेल भएको छ, उक्त खेलमा केरलाले सिन्धिसंग ९ विकेट गुमाउँदै हार व्यहर्नु पर्याे ।

Facebook Comments