ईपीएलमा चितवनलाई ११ रनले पराजित गर्दै ललितपुरको पहिलो जित

lalitpur-win-against-chitwan-in-epl-cricket-league

काठमाडौं, २३ मंसिर – ललितपुर प्याट्रिएटसले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा चितवनलाई हराउँदै पहिलो जित हाँसिल गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भइरहेको ईपीएल खेलमा ललितपुरले चितवन टाइगर्सलाई ११ रनले पराजित गर्दै जित हाँसिल गरेको हो । उक्त प्रतियोगीतामा ललितपुरले चितवनलाई १४४ रनको टार्गेट दिएको थियो र चुनौतिलाई पछ्याउँदै ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३२ रन मात्रै बनाएको थियो र टार्गेट पुरा गर्न नसकेर चितवनले ललितपुर संग हार व्यवहर्नु परेको थियो ।
दीपेन्द्र सिंह ऐरीले चितवनका लागि उत्कृष्ट ब्याटिङ गर्दै टिमका लागी ४१ रन बनाए पनि चितवनले उक्त खेल जित्न सकेनन् । त्यस्तै गरि चितवनका कप्तान पृथु बास्कोटाले २६ रन, भिम सार्कीले ९ बलमा २१ रन र जर्ज स्कटले १८ रन बनाएका थिए ।

ललितपुरबाट बलिङ गर्दै सन्दिप लामिछानेले उनका टिमका लागी ३ विकेट लिएका थिए । सन्दीपले ४ ओभर बलिङ गरेर २६ रन खर्चिदै ३ विकेट लिएका थिए र त्यस्तै गरि सन्नी पटेलले पनि आफ्नो टिमको लागी २ विकेट लिएका थिए ।

टस जितेर ललितपुरले पहिले ब्याटिङ गरेको थियो र निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ललितपुरले १४३ रन बनाउँन सफल भएको थियो । सन्दीप जोराले ८ बलमा २५ रन बनाउँदै ललितपुरका लागि उत्कृष्ट ब्याटिङ गरेका थिए । उनले २५ रन बनाउने समयमा ३ छक्का र १ चौका हानेका थिए र सोनु तामाङले पनि राम्रो खेल प्रदर्शन गर्दै ललितपुरका लागी ३५ रन बनाउन सफल भएका थिए । सोनुले २४ बल खेल्दा ३ छक्का र १ चौका प्रहार गरेका हुँन् । त्यसतै गरि गौरभ टोमरले ललितपुरका लागी ३०, जयकिसन कोल्सवालाले २० र सुन्नी पटेलले १९ रन हानेका थिए ।

चितवनका जर्ज स्कटले बलिङ तर्फबाट आफ्नो टिमका लागी २ विकेट लिएका थिए ।

Facebook Comments