रोनाल्डोको गोलले युभेन्टसलाई जित हाँसिल

juventus-win

इटालिएन सिरि ए फुटबल प्रतियोगीतामा युभेन्टसले सासओलो माथि सहज जित हाँसिल गरेको छ ।

युभेन्टसले सासुओलोलाई ३–० गोलको अन्तरले आफ्नै घरेलु मैदानमा आइतबार राति भएको खेलमा पराजित गरेको हो ।

युभेन्टसलाई रोनाल्डो, सामी खेडिरा र इमरे केनले पूर्ण ३ गोलको योगदान दिई जिताउँन सफल भएका थिए ।
खेलको २३ मिनेट मै गोल गर्दै खेडिराले युभेन्टसलाई अग्रता दिलाएका थिए । खेलको पहिलो चरणमा युभेन्टसले १ गोलले अग्रता हाँसिल गरेको थियो भने दोस्रो हाफमा थप २ गोल सहजै गरेको थियो ।

युभेन्टसका निम्ती देस्रो गोल रोनाल्डोले ७० औं मिनेटमा गरेका थिए भने तेस्रो गोल ८६ औं मिनेटमा केनले थपेका थिए ।
उक्त जित हाँसिल संगै युभेन्टसको कुल अंक ६२ भएको छ ।

Facebook Comments