चितवनलाई हरायर पोखराले उठायो पीपीएलको ट्रफि

ppl-league-winner-pokhara

पीपीएल क्रिकेट प्रतियोगितामा पोखरा पल्टनले चितवन राइनोजलाइ ३ विकेटले हराएर उपाधि जितेको छ ।
पोखरा रंगशालामा भएको फाइनल पोखरा प्रिमियर लिगमा टस जितेर चितवन राइनोजले ब्याटिङ गरेको थियो । चितवन राइनोजले पोखरा पल्टनलाइ ५ विकेट गुमाउदै १६१ रनको टार्गेट दिएको थियो ।

चितवन राइनोजका ओपनिङ ब्याटस् म्यान हरिशंकर शाह र अनिल कुमार शाह थिए । चितवनले ९ रनमै राम्रा ब्याटस् म्यान हरिशंकर शाहको विकेट गुमाएका थिए । त्यसपछि मैदानमा कप्तान पारस खड्का उत्रिएका थिए । अनिल कुमार शाह संग उनको खेलमा राम्रो साझेदारि भएको थियो र साझेदारिमा तिनीहरुले ७६ रन बनाएका थिए र पारसले ५० रन बनाउँदै आफ्नो प्रतियोगितामा पहिलो अर्घसतक कायम गरेका थिए ।

चितवन ८५ रनमा हुँदा पारस खड्काको विकेट जाँदा चितवनलाइ निकै तनाव भएको थियो तर त्यस पछि आएका सन्नी पटेल र अनिल शाहले राम्रो साझेदारि गरि ५० रन जोडे पछि चितवन अलि बलियो भएको थियो । अनिलले ३८ बलमा ३ चौका एक छक्का गरि कुल ३७ रन बनाएका थिए र चितवनको रन १३५ हुँदा फेरि तेस्रो विकेट अनिल शाहको गुमेको थियो ।

भारतीय खेलाडि सन्नी पटेलले फाइनलमा पनि उत्कृ खेल प्रदर्शन गरि ४३ रन टिमका लागी बनाउन सफल भएका थिए र उन्ले गेममा ३ चौका र ४ छक्का हानेका थिए । १५७ रनको स्कोरमा चितवनको चौथो विकेट सन्नी पटेलको गएको थियो र त्यसतै गरि त्यस पछि आएका आरिफ शेखले १४ रन बनाएर चितवनको ब्याटिङ समाप्त भएको थियो ।

बलिङ तर्फ पोखराबाट कृष्ण कार्कीले २ विकेट लिएका थे भने ललित नारायण रावंशी र मोहम्मद नाभिदले १–१ विकेट लिएका थिए ।

पोखरा पल्टनको लागी ९० रन जोडेका रवि इन्दर सिंहले विष्फोटक ब्याटिङ गरेका थिए । रविले ५८ बलमा १३ चौका र ३ छक्का गरि कुल ९० रन बनाइ पोखरा प्रिमियर लिगमा म्यान अफ द म्याच् भएका थिए । मोहम्मद नाभिदले १४ बलमा २५ रन बनाएका थिए भने पोखरा पल्टनका कप्तान शरद भेष्वाकरले २२ रन बनाएका थिए ।

फिल्डिङ तर्फ उत्रिएका चितवनबाट भुवन कार्कीले २ विकेट लिएका थिए भने पारस खड्का, सन्नी पटेल र करण केसीले १–१ विकेट लिएका थिए ।

ट्रफि सहित पोखरा प्रिमियर लिगका बिजेता पोखरा पल्टनले २७ लाख नगद पुरस्कार जितेको छ भने उप–बिजेता चितवन राइनोजले १० लाख नगद प्राप्त गरेको छ ।

Facebook Comments