आज ओलम्पिक महिला फुटबल छनौटमा नेपाल र म्यानमार भिड्दै

nepal-myanmar-football-olympic

ओलम्पिक अन्तर्गत एशिया फुटबल छनौटमा नेपाली महिला फुटबल टोलीले आज घरेलु टोली म्यानमार संग प्रतिस्प्रधा गर्दैछ । नेपाली समय अनुसार म्यानमार र नेपालको प्रतियोगीता सवा ५ बजेबाट सुरु हुनेछ ।

समूह “सी” मा भएको घरेलु टोली म्यानमारले पहिलो खेलमा नै बंगलादेशमाथि ५–० को राम्रो जितले ३ अंक हाँसिल गरिसकेको छ भने नेपालले पहिलो खेलमा बलियो प्रतिद्वन्दी भारत संग १–१ ले बराबरि भएर १ अंक जोडेको छ ।

नेपाल र म्यानमारको मुल्याङ्कन् गर्दा म्यानमार नेपाल भन्दा मज्बुत टोली हो तर दाबेदार फुटबल टोली भारत संग बराबरिको खेलले नेपाललाई म्यानमार माथि बिजयी हुन उत्साहा मिलेको छ ।

आजको खेलमा नेपालले म्यानमारलाइ हराउन अति आवशेक देखिएको छ, नेपालले म्यानमारलाई पराजित गरे दोस्रो चरणको लागी छनौट हुनेछ र यदि हार व्यहर्नु परे १३ नोभेम्वर बंगलादेश संगको अन्तिम खेलमा जसरि जित हाँसिल गर्नु पर्नेछ होइन भने नेपाल बाहिरिनु पर्नेछ ।

Facebook Comments