धनगढी स्टार्सको डीपीएलमा दोस्रो हार

dhangadhi-vs-attariya

धनगढीको घरेलु टीम धनगढी स्टार्सले डीपीएल क्रिकेट प्रतियोगितामा लगातार दास्रो हार व्यवहर्नु परेको छ । मंगलवारको दिन सीवाईसी अत्तरिया संग धनगढी स्टार्सले पाँच रनले हार व्यहर्नु परेको थियो ।

यस अघि धनगढी स्टार्सले उद्घाटन खेलमा काठमाण्डौं गोल्डनस संग ४ विकेटले पहिलो हार व्यवहरेको थियो ।

सामान्य ९६ रनको टार्गेट पाएको धनगढी स्टार्सले २० ओभरमा ९ विकेट गुमाउदै ९० रन बनाउँन मात्र सफल भएको थियो ।
२० औं ओभरको पहिलो बलमा चौका र तेस्रो बलमा छक्का प्रहार गर्ने राजु रिजाल अन्तिम समय सम्मा पिचमा टिक्न सफल थिए । अन्तिम बलमा धनगढी स्टार्सलाई जित्न छक्का चाहिएको थियो र त्यसको अपेक्षा सबैले राजु रिजाल माथि राखेका भएता पनि उनले अन्तिम बलमा छक्का हान्न प्रयास गरेता पनि असफल हुनुपर्यो र सो खेल अत्तरियाले जितेको थियो ।

Facebook Comments