एभरेष्ट प्रिमियर क्रिकेट लिगमा चितवनको दोस्रो हार र काठमाण्डौं ६ विकेटले बिजयी

in-epl-kathmandu-win-against-chitwan

२४ मंसिर, काठमाडौं – एभरेष्ट प्रिमियर लिग “इपिएल” मा काठमाडौँ किंग्सले चितवन टाइगर्सलाई ६ विकेटले सजिलै पराजित गरेको छ । काठमाडौँले १८.५ ओभरमा नै चितवनले दिएको १६१ रनको लक्ष्य पछ्याउँदै ४ विकेट गुमाएर ६ विकेटको राम्रो जित हासिल गर्न सफल भएको छ ।

भारतीय खेलाडी सुब्रमन्नीयन आनन्दले काठमाडौँका लागि ४३ रन बनाएका थिए त्यसतै गरि सागर पुनले ३९ रन बनाएका थिए र नरेश बुढाएयरले २२ तथा अमित श्रेष्ठले १८ रनको आफ्नो टिमलाई योगदान दिएका थिए । अमरसिंह रौतेलाले अविजित २१ रन बनाएका थिए र आयरल्याण्डका खेलाडी केभिन ओ ब्रायन ९ रनमा नै आउट भएका थिए ।
ब्लिङ तर्फबाट शाहब आलमले चितवनका लागि २ विकेट लिए भने ललितसिंह भण्डारी र पउल स्टिरलिङ्गले एक एक विकेट लिएका थिए ।

यसअघिको ललितपुर संगको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको चितवनले १९.५ ओभरमा अल आउट हुदै १६० रन मात्र बनाएको थियो र पछि हार पनि व्यवहर्नु पर्यो ।

काठमाडौँ टिमका बलरले खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै चितवनलाई १६० रनमा नै प्याक गरे, केवल ८ रन मात्र हुँदा चितवनले आफ्नो ४ बहुमुल्य विकेटहरु गुमाइसकेको थियो ।

दिपेन्द्र सिंह ऐरीले चितवनका लागि ४० बलमा ५ चौका हान्दै ४५ रन बनाए र पउल स्टिरलिङ्गले १३ बलमा ३४ रन बनाएका थिए । त्यस्तै गरि सोनु सुनवारले २५ रन, जर्ज स्कटले १५ रन, कप्तान पृथु बास्कोटाले २० रनको योगदान दिएका थिए।

काठमाडौँ किंग्सका लागि संसद सेखले २.५ ओभरमा १८ रन दिएर ३ विकेट लिएका थिए । साथै संसदले एक विकेट चाँहि रङ आउट बाट निकालेका थिए । त्यस्तै प्रदीप साहुले काठमाडौँका लागी ३ प्रमुख ब्याट्स म्यानको विकेट लिएका थिए । इपिएलमा काठमाडौँ किंग्सले आफ्नो पहिलो खेलमा नै जित हासिल गरेको छ भने चितवनले लगातार उक्त इपीएलमा दुईवटा हार व्यवहर्नु परेको छ ।

आज ललितपुर प्याट्रीयटर्स र पोखरा राइनोजबीच इपिएल अन्तर्गत क्रिकेट प्रतियोगीता हुँदैछ ।

Facebook Comments