स्वतन्त्र नेपाली नागरिक भन्नुहुन्छ देशलाई सैनिक शासनको आवश्यकता

मितिः २०७५-०७-३०

श्रीमान् सम्पादक ज्यू

विषय: सैनिक शासनको आवश्यकता रहेकोे छ ।

विक्रम सम्वत २०७२ साल असोज ३ गते जारी संविधान मरिसकेको छ । संघीयता हाम्रो मुलुकका लागि घातक छ । प्रदेशको मुख्यमन्त्री ,मन्त्रीहरु र नगर प्रमुख(मेयर ) हरुलाई करोडौं को गाडी चढ्नलाई मात्र संघीयता हो र ? विक्रम सम्वत २०५२ साल देखि आजसम्म मुलुक संक्रमणकाल अवस्था बाट गुज्रिरहेकोे छ । पहिले ६०१ सभासदहरुले राष्ट्रको ढुकुटी रित्याए । अब ८८४ जना सांसदहरुले राष्ट्रको ढुकुटी रित्याएर राष्ट्रलाई बर्बाद पारे । संघीयताको नाममा राष्ट्रको ढुकुटी रित्याए है रित्याए । विक्रम सम्वत २०६२÷०६३ साल पछि प्रधानमन्त्री , मन्त्री , सांसद र राजनीतिक दलका नेताहरुको कारण राष्ट्रको स्वाधीनता धरापमा परेको छ । यसकारण आज सैनिक शासनको आवश्यकताका लागि पांचायन पुजा गरेको हो । दण्डहिनताको अन्त्य गर्न, मनपरीतन्त्र र छाडातन्त्र आदि आदि जस्ता विकृतिहरु हटाउन राष्ट्रहित , जनहित र राष्ट्रको विकासको लागि बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र शाह, श्री ३ जंग बहादुर राणा जस्ता सैनिकको आवश्यकता रहेकोे छ । प्रधानमन्त्री , मन्त्री , सांसद र राजनीतिक दलका नेताहरुले निकास नदिएर राष्ट्रलाई अनिर्णयको बन्दी बनाई रहेका छन । राष्ट्रको ढुकुटी रित्तो गर्न र ढुकुटी भागबन्डा लगाउन सत्तापक्ष र प्रतिपक्ष केहि पनि भन्दैनन् एक मत र एक ढिक्का हुन्छन् । राष्ट्रलाई निकास दिनुर्पयो भने सत्तापक्ष र प्रतिपक्ष भन्दछन । सबै अलग–अलग कित्तामा र फरक–फरक मत राख्छन् किन ? यसकारण दण्डहिनताको अन्त्य गर्न, मनपरीतन्त्र र छाडातन्त्र आदि आदि जस्ता विकृतिहरु हटाउन राष्ट्रहित र राष्ट्रको विकासको लागि बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र शाह , श्री ३ जंग बहादुर राणा जस्ता सैनिकको आवश्यकता रहेको छ । हाम्रो देश डुब्न लाग्यो सेना लौ न बचाई देउ । हाम्रो देश डुब्न लाग्यो सेना लौ न बचाई देउ । हाम्रो देश डुब्न लाग्यो सेना लौ न बचाई देउ ।

विक्रम सम्वत् २०६२÷०६३ साल पछि प्रधानमन्त्रि, मन्त्रि, सभासद, साँसद र राजनितिक दलका नेताहरुको कारण मुलकको स्वाधिनता धरापमा परेको र राज्यकोष ढुकुटी दुरुपयोग भईरहेको छ । प्रधानमन्त्रि, मन्त्रि, सभासद, साँसद र राजनितिक दलका नेताहरुले लाज पचाए । विश्वकको एक मात्र हिन्दु राष्ट्र रहेको नेपाल हाम्रो मुलुक थियो । प्रधानमन्त्रि, मन्त्रि, नेताहरु र सभासद (सांसद) हरुले अर्बौ खर्बौ डलर खाएर हिन्दु राष्ट्रलाई हटाएर जर्बजस्ती धर्म निरपेक्षता लादे र पाँच वटा विकाश क्षेत्रबाट सात वटा प्रदेश बनाए । काठमाडौंको राजधानीलाई आजसम्म व्यवस्थित र व्यवस्थापन गर्न नसक्नेहरुले प्रदेश राजधानीको व्यवस्थापन कसरी गर्न सक्छन् ?

हाम्रो मुलुकमा प्रधानमन्त्रि, मन्त्रि, सभासद, साँसद र राजनितिक दलका नेताहरुले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको खिल्ली उडाए । उदाहरणका लागी अमेरीका, भारत र चाईना आदि आदी जस्ता मुलृुकहरुलाई प्रजातान्त्रिक र गणतान्त्रिक मुलुक भनिन्छ ।

जग्गाको भु–भाग, हेक्टर र जनसंख्या बढि भएका विशाल मुलुकहरु अमेरीका, भारत र चाईना आदि आदि जस्ता मुलुकहरुका लागि संघीयता उपयुक्त छ । तर हाम्रो मुलुक नेपालको जग्गाको भु–भाग, हेक्टर र जनसंख्या भारतको बिहार प्रान्त /राज्यको पटना जत्रो सानो आकारको छ । यसकारण हाम्रो मुलुकमा संघीयताको आवश्यकता छैन ।

हाम्रो मुलुक नेपालको लागि संघीयता अफाब र घातक छ । संघीयताले मुलुकलाई असफल राष्ट्र बनाउँदै छ /बनाउँछ । सधैंभरि मुलुक संक्रमणकाल अबस्थाबाट गुज्रीेरहने हो भने अव हामो मुलुक नेपाल असफल राष्ट्रमा घोषित हुन बेर छैन निकट छ ।

एक्काईसऔं शताब्दीमा पनि आम नेपाली नागरीकहरुलाई जनचेतना र सचेतना नआएकोले हाम्रो मुलुकमा आर्थिक उन्नति र विकास नभएको हो । जुन मुलुकमा नागरकिहरु सचेत र जागरुक छन् । त्यस मुलुकमा आर्थिक उन्नति र विकास भई दिन प्रति दिन मुलुकले फड्को मारिरहेको अवस्था छ । हाम्रो मुलुकका नागरीकहरु सचेत र जागरुक नभएकोले प्रधानमन्त्रि, मन्त्रि, सभासद, साँसद र राजनितिक दलका नेताहरुले आफु मन लाग्दो र मनपरी काम गर्दै नागरकिहरुलाई झुक्याई रहेका छन् । नेपाली नागरीकहरुमा जनचेतना, सचेतना र जागरुकताको कमी छ । यसकारण नेपाली नागरीकहरु सचेत र जागरुक हुन जरुरी रहेको छ ।

नोट : विक्रम सम्वत् २०७२ साल असोज ३ गते जारी संविधान मरिसकेकोले श्राद्ध गरिएको हो ।

  • संविधानको श्राद्ध जिल्ला पर्साको बिरगंजमा वि.सं. २०७३ साल श्रावण २० गते , 04 August 2016 A.D.
  • संविधानको श्राद्ध जिल्ला रौतहट चन्द्रनिगाहपुरको चपुरमा वि.सं. २०७३ साल भाद्र ६ गते, 22 August 2016 A.D.
  • संविधानको श्राद्ध जिल्ला मकवानपुरको हेटौडामा वि.सं. २०७३ साल भाद्र ९ गते , 25 August 2016 A.D.
  • संविधानको श्राद्ध जिल्ला चितवनको नारायणघाटमा विक्रम संवत २०७४ साल माघ ११ गते, 25 January 2018 A.D.
  • संविधानको श्राद्ध जिल्ला पर्साको बिरगंजमा वि.सं. २०७४ साल माघ २१ गते संविधानको श्राद्ध गरियो । 04 February 2018 A.D.

नोटः २०७५ साल पौष २५ गते बिहान ९ः३० बजे जिल्ला काठमाडौको भद्रकाली मंदिर नजिक सैनिक शासनको आवश्यकताका लागि पाञ्चायन पुजा गर्न लागेको व्यहोरा जानकारी गराउँदछु ।

स्वतन्त्र नेपाली नागरिकः

rakesh-kumar-sharma

राकेश कुमार शर्मा
साबिक जिल्ला बर्दिया गुलरिया न.पा. ६
हाल जिल्ला मकवानपुर, हेटौँडा उ.म.न.पा. २

Facebook Comments