संसारमा बाँकी सम्झना मात्र रहनेछन् – सम्पत्ती नहुँनेलाई डाह र हुँनेहरुलाई घमण्ड चाँहि किन

why-to-jealousy-and-greedy-for-money

महान सासक Alexander The Great अन्तिम अवस्थामा हुँदा आफ्नो लाश गाड्दा हात चिहान बाहिर नै निकालेर राख्दिनु भन्ने इच्छा गर्नुभएको थियो ।

जति ठूलो लडाई लडे पनि जति सुकै धन थुपारे पनि मरेर मानिसले आफ्नो सबै थोक संसारमै छाडेर जाँनु पर्दछ भन्ने थाह पाएर उनले आफ्नो लाश त्यसरी खालि हात बाहिर निकालेर गाड्न इच्छा गरेका थिए ।
हामी जन्मिदा नाङ्गै आएका हौ र मरेर जाँदा पनि खालि हात नै जानेछौं, बरु बाँचुन्जेल मानवताको सक्दो कार्य गरेर मन खुशी पार्नुहोस् र मानिसका यादहरुमा समेटिनुहोस् ।

संसारमा बाँकी रहने भनेका सम्झनाहरु मात्र हुँन् अरु कुरा सबै घाँस जस्तै सुकेर अथवा कुहिएर जान्छन् । दुई दिनको समय जो हामी बाँचेका छौं त्यो जीवनमा हामी पनि बाँचौ र गाहेमा परेकाहरुलाई पनि बचाएर पुण्यको काम गरौं ।
सबै धर्म ग्रन्थहरुले मानवताको शिक्षा सिकाउँदछ र मानव सेवा नै संसारको सबै भन्दा ठूलो धर्म हो । धर्म–कर्मको लागी थुप्रै मानिसहरु धार्मीक स्थलहरु धाउँने गर्दछन् बास्तबमा धर्म–कर्म गर्न ठाउँ–ठाउँ धाउन आवश्यक छैन मात्र मानव कल्याण सेवामा लागे पुग्दछ ।

सम्पत्तीको घमण्ड गर्न छाडेर त्यसको सहि प्रकारले प्रयोग गर्नुहोस् र मानव सेवामा तल्लिन हुँनुहोस्, यस्तो गर्दा तपाईहरुलाई खुशी मिल्नेछ । मानिसलाई खुशी पैसाले मिल्दैन यो कुराले त बरु मानिसहरु पिरोलिन्छन् बरु कोही असहाय व्यक्तिलाई सहायता अथवा मद्दत गरि तपाइको सहयोगले उसको मुहारमा आएको खुशी देखि तपाई पक्कै नै खुशी हुँनुहुनेछ ।

Author
Samuel

Facebook Comments