सफलता आमाको खुशीमा हुँदछ – के तपाई आफ्नी आमालाई रुवाउँदै सफलताको पछाडि त पर्नुभएको छैन ?

are-you-making-your-mom-weeping

“आमा” शब्द आफैमा नै अति प्रेम पुर्ण शब्द हो । असहाय पिडाले शिशुलाई गर्भधारण गर्ने आदरणिय महिलालाई यो आमा शब्दको श्रेय दिने गरिन्छ ।

आमा भनेको त्यो आदरणिय मानिस हुँन जसले हामीलाई गर्भधारण गर्दा मात्र पिडा लिने होइन तर यस साथ–साथै उनि हामीले दिने ह्रदयको पिडालाई पनि आफ्नो सन्तानको लागी सहन गर्ने व्यक्ति हुँन् ।

तपाई हामी सबैलाई थाहा छ, संसारमा थुप्रै अनाथहरु छन् जसका आफ्नो भन्ने कोहि हुँदैनन् र समाजले पनि तिनीहरुलाई असभ्य शब्द “खाते” का रुपमा बोलाउँदछन् र त्यही कारण आमा भाग्यमानीहरुले मात्र पाउँने गर्छन् भन्ने हामी सबैले बुझ्नु पर्छ र आफ्नी जन्म दिने आमाको कदर गर्नुपर्छ ।

जब अलि उमेर हुँन थाल्छ र हामी कमाउँन थाल्छौं हामी हाम्रो जन्म दिने आमाबुवालाई बिर्सिने गर्छौं । ब्यस्तताको जिवन त हामी सबैको नै हुन्छ, तर आफ्नी आमाको लागी के हामीले कहिले समय निकालेका छौं त ? सानो उमेर देखि अहिले सम्म उठ्दा देखि सुत्ने समय सम्म हाम्रो खाना, स्वास्थ्य, र हाम्रो सबै दुःख कष्टको स्याहार गर्ने हाम्री आमालाई खुशी नदिएर हामी कसरी प्रगती गर्न सक्छौं ।

आमाबुवाको सल्लाहा विपरीत काम यदि हामी गर्दछौं भने हाम्रो अभिभावक कहिल्यै खुशी हुँदैनन् किनकी उहाँहरु हामी सहि बाटोमा नहिँडेको कुरा जान्नु हुन्छ । आफ्नो सन्तानको पूर्णरुप आमालाई थाह हुँने भएकोले आफ्नो सन्तानको भविष्यको लागी उनि पादर्शी पनि मानिन्छिन् ।

जन्म दिने व्यक्तिलाई भगवानको रुप अथवा सृष्टिकर्ता मानिन्छ, आफ्नो सृष्टिकर्तालाई रुवाएर हामी कदापी खुशी रहन सक्दैनौ र यसतो प्रयास तपाइ गरिराख्नु भएको छ भने आजैबाट आफ्नी आमा संग पश्चताप गरि क्षमा माग्नुहोस् र भगवानले पनि तपाईको सबै थोकहरुमा आषिश दिनुहुँनेछ ।

Facebook Comments