जीवनमा सम्बन्धको संघर्ष र पिडाको आभाष – जीवन सहज नरहेछ

life-is-given-us-for-struggling

जीवनमा यति सम्मको पिडाको अनुभव मानिसले गर्नुपर्दो रहेछ भन्ने कहिलै आभाष भएन, यो असहाय जीवनको पिडाको स्वाद ह्रदय आँशुको पिडा हुँदो रहेछ । जीवनमा मानिसले सबै कुरा आभाष होस् भनेर नै जीवन पाइएको हो भन्ने कल्पना आज म गर्दछु ।

हाँसोको पात्र बनिन्छ जब धेरै आशा कसैमा राखिन्छ र रोदन हुँदछ जब कोहि बाचा तोड्दछ र एक्लै छाडिन्छ । सम्झना रहे र साश रहे कल्पना गरिरहनेनै छ मानिसको त होइन तर आफुले गरेको आत्मिय मायाको कदर चाँहि सधै गरिनेछ ।

मानिस त त्यो सुन्दर फुल झैं हो सुन्दरता रहे सम्म सबैले प्रेम नै गर्दछन्, सुदरता मानिसको रुप, धन–सम्पत्तीमा रहन्छ जब यसको समाप्ती हुँन्छ मानिसको प्रेम सेलाएर जान्छ ।

संघर्ष र पिडालाई बुझिए जीवनको सफलतामा हिडिएला तर यर्थातलाई धिक्कार दै हिडिए जीवन संघर्ष नै रहला ।
यस क्षणलाई अनुभव गर्न नसक्नेहरुले जीवनको अनुभव गर्न सकेका छैनन् भन्ने मलाई लाग्दछ । आफ्नो लागी मात्र बाँचेकाहरुले यो अनुभव गर्न सक्दैनन्, केहि पल अरुको लागी बाँच्न सिक्नुहोस् र सबै यर्थात तपाइहरुले अवश्यनै छर्लङ्ग हुँने गरि बुझ्न सक्नुहुनेछ ।

जीवनमा कसैलाई नराम्रो नगर्नुहोस् किनभने सबैलाई बराबर जीउने अधिकार छ र यदि कसैले तपाईलाई आफ्नो जीवन सर्मपण गर्दछ भने त्यसको कदर गर्न सिक्नुहोस् त्यसलाई हेला नगरिदिनुहोस् । तपाई हामीले जस्तो व्यवहार अरुलाई गर्दछौं सोहि व्यहार हामी पाउँने गर्दछौं, थाह नै होला जे रोप्यो त्यहि नै कटनी गर्नुपर्छ जस्तै आँप रोपे हामीलाई पछि आँप नै मिल्दछ न त स्याउ, केरा आदि मिल्दछ । जीवनको सन्तुलन सोहि प्रकारले हुँन्छ भन्ने आभाष मलाई भएको छ ।

Author
Samuel

Facebook Comments