लाजमर्दो समाज र हिंसा

society-and-voilence

बनको राजा सिंह ले जङ्गली जनावरलाई आफ्नो ईसारामा चलाएझै हाम्रो समाजलाई बलत्कार हत्या र हिसाको प्रमुख राजाको संज्ञा दिईरहेको छ।मानव सास्त्र का हरेक पारखी लोप हुदै गए,रहेका पनि अर्काको अडान चल्नुपर्ने,उनै ईतिहासकारहरु बाघको रौ बटुले जस्तै एक एक गरी खोज्नुपर्छ, साक्षातकार भगवान जस्तै ति अदृष्य शक्तिका लागी न्यानोचित पहल भयो हिंसा त!!

राजाको राज चल्यो, मानिस आफै राजा सम्झिन थाल्यो देशलाई रणभूमि बनाऊन थाले, अनि समाजको त कुरै छोडौ,
समाज अदृष्य छ कसैको डर भएन न त कसैले आवाज उठायो न त कसैको लागी कोही प्यारो भयो यसरी चल्यो कि म सर्बश्रेष्ठ हो, कसैले केही गर्न सक्दैन मलाई, मनको डर त यसरी बडारियो, संगै घाँस काट्न,दाऊरा खोज्न गएका मध्ये एकको लास आऊने सम्मको यो मानविय संस्कृति भयो,आगो बाल्न जति नै सहज छ तर त्यही आगो वाल्ने सरजाम खोज्न त्यति नै गाह्रो छ, मानिस ठुलाबडाको ईसारामा चल्नु त कहाको कुरा हो। भर्खरै जन्मेको बच्चाले पनि आफ्नो आमाको दुध खान मान्दैन, कहासम्मको निष्ठुर भावना पस्यो मानिसमा,,अचुक सम्पति कमायो, कसैलाई सहयोग छैन, अर्को विरामी परेको बेला चाहिएको धन र साथीकै साथको कमी हुन्छ त्यही समाजभित्र ! आखाबाट आशु चुहिनु पर्ने वेला आखाबाट कठोर वाक्यहरु बज्रिरहेका हुन्छन्। सानातिना चोट सहनुपर्ने वेला ठुला चोटले चापिदिन्छन्, अनि ठुला चोटहरु बाट उम्किन कति पहल गर्नुपर्छ, यहि हाम्रो बुझाई, निष्कर्षबाट अगाडी बढ्न निकै प्रयास हामी गर्छौ मानमर्यादा राख्नुपर्दा सानो बन्छौ हामी, जिम्मेवार थपिदा पछि हट्छौ कति सहासी हामी, आफ्नो बयान र चर्चा त केवल आफ्नै हातमा छ।
सयौ बर्षदेखी चल्दै आएको संस्कृतिमा हामी रम्न छोड्यौ नया नया फेसनको बोट उम्रियो, बृक्ष बन्यो फल लाग्दै गयो, अहिले हामी त्यही फल खादै छौ।

स्मरण रहोस, सम्मान मानिसको ईज्जत हो। हामीले सानोलाई गर्ने सम्मान ठुलोलाई गर्ने सम्मान, महिला या पुरुषलाई गर्ने सम्मान जसलाई गर्ने सम्मान भएपनी सार्थक समाज भित्रको सम्मान र नैतिकता गुमाऊँदै परआत्माको स्विकार गरिरहेका छौ, त्यति सहज छैन समाज बुझ्न तर बुझ्न चहानेहरुका लागी सहज मात्र हैन एऊटा वाक्य काफी छ। कसलाई के भनेर बोल्नुपर्ने,के भनेर नजिक हुने खै! यही नैतिकता सिकाऊने मान्छेको नै कमी भयो, मैले आफुलाई मानिस भन्न लायक नरहेको कुरा बुझाऊने प्रयास हो।

जङ्गली आत्मा पो मानिस हो, हामिले गर्ने हरेक कृयाकलाप बाट हामी पशु भन्दा केही फरक नपर्ला।। मानिसले त बलत्कार गर्छ, अरुको हत्या गर्छ अनि त्यही हिंसालाई जोगाऊने काम पनि मानिसले नै गर्छ, अजिव यो दुनियासंग केही प्रश्नोत्तर गर्न नपर्ने भईसक्यो, धैरै धर्म सिकेका छौ हामीले अरुको चोरेर अरुलाई मारेर कमाएको धनसम्पतिको रक्षा गर्न हामीले पुजापाठ गर्छौ महायज्ञ लगाऊछौ।।।

पशु शिक्षाको कमी भयो हामीमा, महिला माथि गर्ने हिंसा दुराचार को भावना पैदा भयो,कालोमोसोले ले पशुको स्थिति थाहा भयो, त्यही त तिरस्कार हुदैछ, बाघसंग लड्न सक्ने क्षमता छ उ लड्न सक्छ तर मानिस संग त मानवता र नैतिकता छैन छ मात्र केवल बलत्कार,, पशु निचको त्यो देखावट, स्विकार गर्दैनन् बलत्कारीलाई जङ्गली पशुले, अरुको आत्मा रुहायो भने पहिला आफ्नो आत्मा रुन्छ जँहा एक नारीको ईज्जत लुटिएको हुन्छ त्यहा हरेक कागहरु कराईरहेका हुन्छन् त्यही कोलाहलबाट।

पशुशिक्षामा मात्र यहि ज्ञानको कमी भयो, जो अरुको ईज्जतमा सम्मान गर्नु थियो। आजसम्म हामीले पढेको शिक्षाबाट यहि निष्कर्ष आयो कि संगै हिड्ने मानिस लाई पछाडीबाट खुकुरी प्रहार गर्ने संकल्प लिए जस्तै।
समाजमा हुनेगरेका हरेक हिंसात्मक घटनाहरुलाई चिरफार गरेर,पिडित पक्षलाई न्याय दिलाऊन हामी सम्पुर्ण सरोकारवाला निकाय,सामाजिक सेवामा सहयोगी भूमिका खेल्दै आएका सरकारी एवं गैरसरकारी संस्थाहरु, स्थानिय जनप्रतिनिधिहरु,समाजका बुद्दिजिबी, पत्रकार तथा सम्पुर्ण सचेत युवाहरु सबैमिलेर यस्ता महिलामाथी हुने अमानविय कृयाकलाप बिरुद्द लाग्न अनुरोध छ।

अर्पण पाण्डेय
काठमाण्डौ।

Facebook Comments