नेपालबाट बार्षीक १३ अर्ब रुपैंया फेसबुकले लैजान्छ

thirteen-billion-yearly-earning-of-facebook-from-nepal

नेपालबाट वार्षिक फेसबुक, युट्युब, गुगल र इस्न्ट्राग्राम जस्ता सामाजिक सञ्जालहरुले अरबौं रुपैंया आम्दानी गर्ने गर्दछन् ।

विज्ञापन तथा व्यवस्थापन प्रवद्धनका नाममा सामाजिक सञ्जालहरुले ठूूलो परिणाममा नाफा कमाइरहेता पनि यस बारे राज्यलाई केहि जानकारी नभएका कारण करोडौंको राजस्व सरकारले गुमाइरहेको देखिन्छ ।

सन् २०१७ मा एसिया प्यासिफिक क्षेत्रबाट संसारको सबैभन्दा ठूलो मानिएको सामाजि सञ्जाल फेसबुकले आफ्नो उत्पादन फेसबुक, ह्वाट्स्एप, इन्स्टाग्राम र म्यासेन्जरबाट प्रयोगककर्ता ८ दशमलव ९२ डलर आम्दानी गरेको थियो ।

यस वर्ष भने फेसबुकले ९ दशमलव ९१ डलर आम्दानी गर्ने अनुमान गरिएको छ । रिपोर्टको जानकारी बमोझिम, एसिया प्यासेफिक क्षेत्रको औसत मान्दा एक करोड १० लाख नेपाली प्रयोगकर्ताबाट फेसबुकले यस वर्ष १२ अर्ब ७२ करोड रुपैंया लगेको देखिएको छ ।

आजको नयाँ पत्रिकामा मुख्य समाचारमा यही हिसाबले फेसबुकले यस वर्ष ६० खर्ब ७० अर्ब रकम कमाई गरिरहेको देखिन्छ ।

Facebook Comments