शिवपुराण अनुसार मानिसमा मृत्यु अघि देखिने १२ पूर्व संकेतहरु

death-prophecy-symptoms-seen-in-human-before-death

प्राय जसो धेरै मानिसहरु जीवन र मृत्युको बिषयलाई लिएर चिन्तित रहने गर्दछन् । अहिले सम्म विज्ञानले पनि मृत्युको केहि विकल्प निकाल्न सकेको छैन, तर हिन्दु धर्मका देवता शिवले मृत्यु हुनु अगाडी देखापर्ने पुर्वसंकेतहरु शिवपुराणमा व्याख्या गरेका छन् । शिवले शिवपुराणमा पार्वतीलाई मृत्युको बिषयमा केहि विशेष पुर्वसंकेतहरु बताएका छन् जसका माध्यम कति समयमा कुनै व्यक्तिको मृत्यु हुन्छ भन्ने बारे सामान्य होसियार हुन सकिदछ ।

मृत्यु पुर्व मानव शरीरमा देखा पर्ने पूर्व संकेतहरु यस्ता हुन्छन् जान्नुहोस्
शिवपुराण अनुसार जुन मानिसलाई ग्रहको दर्शन भएर पनि दिशाको ज्ञान हुँदैन, मनमा बेचैनी भैरहन्छ तब त्यस्ता मानिसको मृत्यु ६ महिना भित्र हुनेछ । जुन व्यक्तिलाई अचानक निलो झिंगाले आएर घेर्छ भने उसको आयु एक महीनामात्र बाँकी छ भन्ने बुझे हुन्छ ।

भगवान शिवले जुन मनुष्यको शिरमा गिद्ध, काग र परेवा आएर बस्छ, त्यो व्यक्ति एक महिना भित्र मर्नेछ भन्ने कुरा शिवपुराणमा बताएका छन् । कुनै व्यक्तिको शरीर सेतो या पहेंलो हुँदै गयो र शरिरमा रातो निशानहरु देखा पर्यो भने सामान्य हामीले त्यो व्यक्तिको मृत्यु करिब ६ महिना भित्र हुनेछ भनी बुझ्न सक्दछौं त्यसैगरि कुनै व्यक्तिको मुख, कान, आँखा र जिव्रोले ठिक संग काम गर्न छाड्यो भने शिवपुराणमा लेखिए अनुसार त्यो व्यक्तिको मृत्यु ६ महिना भित्र हुनेछ ।

चन्द्रमा र सुर्यको आसपासको चमकिलो गोलाईलाई कसैले कालो र रातो देख्छ भने त्यो व्यक्तिको मृत्यु १५ दिन भित्र हुन्छ । त्रिदोष “वात, पित्त, कफ” मा जसको नाक बग्न थाल्छ, त्यो व्यक्तिको आयु १५ दिन भन्दा बेसि हुँदैन । धेरै पटक या पटक–पटक मुख र घाँटी सुकिराख्ने व्यक्तिको आयु पनि ६ महिना भन्दा बेसि हुँदैन ।

यदि कोहि व्यक्तिले आफ्नो अनुहार पानी, तेल, घ्यु तथा ऐनामा देख्दैन भने त्यो व्यक्तिको आयु पनि ६ महिना भन्दा बेसि छैन भन्ने बुझ्नु पर्दछ र त्यस्तै गरि कसैले आफ्नो छायाँको टाउको मात्र देख्छ अथवा आफ्नो छायाँ नै देख्दैन भने त्यो व्यक्तिको आयु १ महिना भन्दा बेसि हुँदैन ।

कोहि मानिसको देव्रे हात निरन्तर १ हप्ता सम्म झनझनाउँदै जान्छ भने त्यस व्यक्तिको जीवन केवल १ महिना मात्र छ भन्ने बुझुनुपर्दछ र साथै सबै अंग झन्झानाउन थाल्छ अथवा सबै अंगमा अफ्ठ्यारो महसुस हुन थाल्छ, तालु सुक्न थाल्छ भने त्यो मानिसको आयु धेरैमा १ महिना मात्र हुँन्छ ।

जुन व्यक्तिलाई ध्रुव तारा अथवा सूर्यमंडलको ठिक संग दर्शन हुँदैन र रातीको समयमा इंद्रधनुष र दिउँसोको समयमा उल्कापात भएको देख्ने तथा गिद्द र कागले घेरेको जस्तो महसुस गर्ने मानिस पनि मुस्किलले ६ महिना भन्दा धेरै बाँच्दैन भन्ने कुरा शिवपुराणमा उल्लेख गरिएको छ ।

सूर्य र चन्द्रमालाई राहुले ग्रस्त भएको अथवा “चन्द्रमा र सुर्य कालो भएको देख्ने” व्यक्तिको आयु ६ महिना भन्दा बढि हुँदैन भन्ने हामीले बुझ्न सक्दछौं ।

Facebook Comments