यस पटकको तिहारमा एक भाग्यमानी राशि भएका मानिसहरुलाई मात्रै जताततै सफलता मिल्ने भविष्यवाणी – के यो राशि तपाई संग मिल्छ कि ?

tihar-luckiest-horroscope

हिंदु धर्मावलम्वीहरुको दोस्रो ठूलो महान चाड तिहार मुखमै आइसकेको छ । घरहरु बत्तिले सजिएको हँुदा राती यो चाडको समय दृश्य एकदमै रमणीय देखिने गर्दछ । काग तिहारका दिन ११ कार्तिकबाट यो चाड सुरु हुनेछ । यस चाडको समयमा पौराणीक कालबाट नै मीठो–मीठो खानेकुराहरु (सेल, पुरि, फिनी आदि) घरमा बनाइ पाहुनाहरु बेलाइ रमाइलो गर्दै टिकाटालोको काम र पूजा–आजा गर्ने गर्दछन् ।

तिहारमा बिषेश गरि धनकी देवी लक्ष्मीको पूजा गरिन्छ र दिदि–बहिनीहरुले आफ्ना दाजुभाइको दिर्घायुको लागी टिका लगाई पूजा गर्ने गर्छन् । दिपावली चाडको समापन अन्तमा घर–घरमा देउसी भैलो खेली हुदँछ ।

राशीहरु र शास्त्रीहरुको भनाइ अनुसार यस पटकको तिहारमा एउटा मात्र राशि राम्रो रहेको छ । यस भनाइको अनुसार अरु राशि राम्रो छैनन् भन्नु होइन तर ति राशिहरुको तुलनामा यो भाग्यमानी राशि यो पटक अति नै राम्रो देखिएको भन्ने हो ।

यो भाग्यमानी राशि कुन राशि होला भन्ने कौतुहलता तपाइहरुलाइ अवश्य नि हुन सक्छ । कुम्भ राशि यो दिपावलीको भाग्यमानी राशि मानिएको छ । ज्योतिषशास्त्रीहरुले बताय अनुसार यस पटकको ग्रह स्थिति र नक्षेत्र स्थितिको कारण कुम्भ राशि हुनेहरुलाई लक्ष्मी पूजा कै दिनबाट धेरै लाभ हुनेछ ।

यस पटकको तिहारमा कुम्भ राशिहुनेहरु आर्थिक संकटबाट छुट्कारा पाउनुका साथ–साथै धेरै धन आर्जन गर्ने मौका पाउनेछन् । त्यस समय लक्ष्मीको बास कुम्भ राशि भएका मानिसहरुको घरमा हुने देखिएको छ ।

यस राशिका व्यक्तिहरुले यस पटक धेरै थोकको लाभ गर्नेछन् । उनिहरुलाई शरिरका समस्याबाट छुट्कारा मिल्नेछ,स्वास्थ्य र आर्थिक मात्र नभइ उनीहरुको सामाजिक जीवनमा पनि सफल्ता मिल्नेछ । समाजमा दायित्व बढ्ने प्रवल सम्भावनाले त्यहाँ आफ्नो प्रभुत्व कायम भई राम्रो नाम र इज्जत कमाउने मौका या अवसर मिल्नेछ ।

यस राशिका मानिसहरुलाई वैदेशीक योजनामा पनि सफलता मिल्नेछ । प्रेम सम्बन्धमा रहेका जोडिहरुको सम्बनध राम्रो हुने अथवा प्रेममा सफलता मिल्नेछ र आफुले चाहेको र सोचेको धेरै कुरामा पनि सफता मिल्नेछ । घर परिवारको सहायता र साथ मिल्ने हँुदा काम गर्न नि जाँगर लाग्नेछ ।

Facebook Comments