लक्ष्मीको संज्ञा दिदैं तिन वटा बाच्छी पाउँने गाइ हेर्न आउँने मान्छेको ओइरो

cow-give-three-calfs-born

सुदुर पश्चिम नेपालको डोटी जिल्लाको जोरायल गाउँपालिका–५, धुपारीस्थित मोहनबहादुर बोगटीको घरमा गाईले तीन वटा बाच्छी पाएको छ ।

घरेलु जातको गाइले ३ वटा बाच्छी पाएपछि मानिसहरु अचम्मीत् भएर उनको घरमा बाच्छी हेर्न आउने मान्छेको भिड लाग्ने गरेको स्थानीयवासी तथा शिक्षक प्रकाश बहादुर रावलले बताउनुभयो ।

उहाँको भनाइ अनुसार ‘गाईले ३ वटा बाच्छी पाएको हो र अहिले पनि गाईलाइ लक्ष्मीको संकेत दिँदै हेर्नेको भिड धेरै लाग्ने गरेको छ ।’

अहिले सम्म डोटीमा एउटै गाईले ३ वटा बाच्छी पाएको यो घटना पहिलो हो भन्दै स्थानीयहरु अचम्म परेका छन् ।

किसान मोहनबहादुर बोगटी गाईले ३ वटा बाच्छी पाएको हुनाले बाच्छीलाइ दूध खुवाउन समस्या भएको छ भन्ने कुरा बताउनु भएको थियो र गाईले पाएका ३ वटा बाच्छीमध्ये एउटा बाच्छी चाँहि गाईले कुल्चेर मरेको किसान बोगटीले बताउनुभएको थियो ।

Facebook Comments