जीवनमा ठूला घटना घट्नु अघि कस्ता संकेत देखिन्छन् जान्नुहोस् ।

future-prophecy-change-by-present-behaviour

वर्तमान क्रियाकलाप र घटनाले भविष्यमा हुने घटनालाई समेत प्रभाव पार्ने ज्योतिष शास्त्रले बताउँछ । ज्योतिष शास्त्रको दावी छ कि कतिपय भविष्यमा हुने घटनाका लक्षणहरु अगाडी नै देखिने गर्दछन् ।

भविष्यमा ठूला घटना हुँदा कस्ता संकेत देखिन्छिन् जान्नुहोस् ।

१. दुध

over-flow-boiling-milk-indicates-bad-fate
विहानै दुध देख्नु भनेको शुभ मानिन्छ र उम्लेको दुध देख्नु भने झनै राम्रो मानिन्छ । दुध उम्लेर पोखिनु चाँहि खराब चिन्हको संकेत मानिन्छ किनभने ज्योतिष शास्त्रीको भनाइ अनुसार विहानै दुध उम्लेर पोखिएको देखिनु भनेको दुर्घटना हुने संकेत हो । भाँडोमा राखेको दुधलाई हल्लाउनु पनि अशुभ मानिन्छ किनभने यस्तो कार्यले गर्दा घरमा झैं–झगडा हुन सक्छ ।

२. ऐना

broken-mirror-is-bad-indication
घरमा ऐनाको ठूलो भुमिका हुन्छ, उठ्दा देखि नसुतुन्जेल हामीलाई ऐना चाँहिन्छ । हातबाट ए्ना खसेर फुट्नु भनेको अशुभ हो र फुटेको ऐनामा अनुहार हेर्नु भनेको अझै नराम्रो हो । अशुभ घटनाको संकेत फुटेको ऐनाले गर्छ त्यसैले ऐना फुट्नु अशुभ मानिन्छ ।

३. चक्कु

prophecy-of-knife
हातबाट चक्कु खस्नु अशुभ मानिन्छ यदि तपाइँको हातबाट चक्कु झर्यो भने थाहा पाउँनुहोस् कि केही अशुभ घटना हुन गइरहेको छ । तर अर्को तिर नवजात शिशुको शिरानी नजिकै चक्कु राख्नु भने शुभ मानिन्छ किनभने ज्योतिषशास्त्रीको दावी अनुसार यस्तो गर्दा बच्चा निद्रामा रुँदैनन् ।

४. कुचो

broom-shows-good-fate
लक्ष्मीको रुप भनेर घरमा कुचोलाइ चिनिन्छ किनभने यसले घरबाट फोहोर बाहिर फाल्ने हुँदा दरिद्रतालाई पनि घरबाट बाहिर निकाल्छ भन्ने विश्वास छ । कुनै नयाँ निवासमा प्रवेश गर्नु अघी पनि कुचो लगाउनु शुभ मानिन्छ तर सूर्य अस्ताए पछि कुचो लगाउनु अशुभ मानिन्छ । यस्तो गर्दा नराम्रो घटना घट्न सक्ने विश्वास गरिन्छ ।

५. कालो बस्त्र

black-cloth-dedicate-bad-fate
कुनै पनि व्यक्ति कालो बस्त्र लगाएर घरबाट बाहिर हिँडेको देख्नु भो भने यस्लाई अशुभ मान्ने गरिन्छ किनभने यसले दुर्घटना अथवा अप्रिय घटनाको संकेत गर्ने गर्छ । यदि लामो यात्रा गर्न लाग्नु भएको छ र त्यो क्रममा कालो बस्त्र लगाएर घरबाट बाहिर हिँडेको कोहि व्यक्ति देख्नु भो भने यात्रा यथासिग्रह स्थगित गर्नुहोस् ।

६. साँचो

key-prophecy-good-fate
साँचोलाई सम्पूर्णताको प्रतिक मानिन्छ । यदी तपाइँको साँचो सफा गर्दा पनि पटक पटक फोहोर नै भएको पाउनु हुन्छ भने यो शुभ मानिन्छ । साँचोलाई बच्चाको शिरानीको तल राख्दा शुभ हुने मानिन्छ ।

Facebook Comments