काठमाण्डौं उपत्यकामा छट पर्व कसरी मनाउँछन् र यस्को सुरुवात कसरी भयो ?

celebrating-chhath-parva

सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आजदेखि शुरु भएको छ । कार्तिक शुक्ल चतुर्थी देखि सप्तमीसम्म गरिने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आज स्नान गरी चोखो खाएर बसिन्छ । छठ पर्व को समाप्ती नभए सम्म व्रत बस्नेले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो आदि खान नहुने धार्मिक मान्यता छ । अरबाइन वा अरबा चतुर्थीको कर्मलाइ भन्ने गरिन्छ ।

छट पर्व कसरी मनाउँछन् र यस्को सुरुवात भयो भन्ने जानकारीहरु

मनोकांक्षा पूरा हुने विश्वासमा महिलाले यस छट पर्वमा कठोर व्रत बस्ने गर्छन् विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँ लगायत पहाडमा पनि मनाउन थालिएको हो । विसं २०४६ देखि नै सरकारले यस पर्वको प्रमुख दिन अर्थात कात्र्तिक शुक्ल षष्ठीमा सार्वजनिक बिदा दिंदै आएको छ ।

कात्तिक शुक्ल पञ्चमीका दिन निर्जल उपवास बसी राती घरमा खीर पकाई चन्द्रमालाई चढाएर एक छाक खाने गरिन्छ । यसलाई खरना भन्ने गरिएको काठमाण्डौँमै सबी छठ मनाउँदै आउनुभएका सञ्जय गुप्ताले बताए । “षष्ठीका दिन व्रतालुबाट ठेकुवा, फलफूल, मिठाइ र रोटी सूर्य एवं छठी मातालाई चढाउने गरिन्छ, रोटीमा सूर्यको रथका पांग्रा अङ्कित चित्र बनाइन्छ” उनले भने ।

षष्ठीका दिन पक्वान्न, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोप्ने गरिन्छ । साँझपख बत्ती बालेर माटाको घैटाको साथ नदी वा तलाउका छेउमा बसेर गीत गाएर रमाइलो गर्ने र डुब्न लागेका सूर्यलाई अघ्र्य दिई ढोग गरिन्छ । सूर्य प्रणाम अर्थात अघ्र्य पछि तीनपटक पानीमा डुबुल्की मार्दै मनोरञ्जनका साथ त्यही रात बिताइन्छ ।

बिहान उदाएको सूर्यलाई सप्तमीका दिन दर्शन गर्न बिहान ४ बजेबाटै प्रतीक्षा गरिन्छ । बिहानीको सूर्यलाई गाईको दूध, फूल र पानीले अघ्र्य दिइन्छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । भिन्सरघाट पूजा बिहानै घाटमा गएर गरिने पूजा हो । छठ पूजा सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि समाप्त हुन्छ । श्याम यादव बताउँछन् । सूर्य दर्शन विधि सूर्यको दर्शन गर्दा ब्रतालुहरूले लगाएको लुगासहित कम्मरसम्मको पानीमा डुबेर गर्ने विधि हो ।

पृथ्वीमा भएका जीवको चक्र र संरक्षण पानी तथा सूर्यबाट भएकाले नदीलाई माता र सूर्यलाई चाँहि सम्पूर्ण शक्तिको भण्डारका रूपमा मानी विशेष पूजा गर्ने गरिएको हो”, उनले भने।

कात्तिक शुक्ल पक्षमा सूर्यको पूजा एवं आराधना गर्नाले मनोकांक्षा पूरा भई इच्छाएको कुरा प्राप्त हुने उल्लेख शास्त्रमा गरिएकाले यो कुनै क्षेत्र विशेषको मात्र चाड नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए । विशेषगरी तराई क्षेत्रका मानिसले मनाउने चाड भएकाले छट पर्वलाई क्षेत्रीय पर्व भनिएको हुनसक्छ, तर उनले भने, यो सूर्यको उपासना गर्ने शास्त्रीय पर्व हो ।

सूर्य पूजा र दर्शन गरी विवाह गरेका महिला तथा पुरुषले आफ्नो पति या पत्नीको दीर्घायु एवम् विवाह नभएकाले सुयोग्य वर वधु राम्रो पाउँ भनी कामना गर्छन् । धेरै जसो सन्तान नहुने व्यक्तिहरु पनि सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउने गर्छन् । यो पर्वमा मुस्लिम, बौद्ध र जैन धर्मावलम्बीको समेत सहभागिता रहने गरेको विसं २०६८ देखि कमलपोखरीमा छठ पूजाको नेतृत्व गर्दै आउनुभएका राजेन्द्र सिंहले बताए ।

प्राचिन कालमा छठीमाताले सूर्यदेवलाई खुशी पारेकीले यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । गुप्तवास सफल होस् भनी महाभारतकालमा द्रौपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा सूर्यदेवको पूजा गरेका थिए । पाण्डवहरू विराट राजाका दरबारमा बसेका बेला सूर्यको पूजा गरेको प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरु गरिएको मानिन्छ ।

केहि शास्त्रीहरुको भनाइ अनुसार सूर्य पुराणमा प्रस्ट देखिए अनुसार सर्वप्रथम अत्रिमुनिकी श्रीमती अनुसूयाले गरेको छठ व्रतको फलस्वरूप उनको अटल सौभाग्य र श्रीमान्बाट सद्व्यवहार हुन थालेकाले त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको हो ।

Facebook Comments