अमेजोनमा आज पनि संसारकै सबै भन्दा लामो सर्प छ, यो डायनोसोरको समय देखि नै जिउँदो मानिन्छ

titanoboa-giant-snake-in-amazon-river

अमेरिकामा वैज्ञानिकको एक ग्रुपले फेरि दावा गरेको छ कि पृथ्वीको सबै भन्दा ठूलो सर्प “टिटानोबोआ” आज पनि जिउँदो नै छ ।

एक्सप्रेश यूकेको रिपोर्ट अनुसार, ६ करोड साल पहिले यो सर्प डायनोसोरहरुका साथ पृथ्वीमा थियो र पछि यसलाइ लोप भएको मानिएको थियो । तर केहि शास्त्र–विज्ञहरु मान्छन् कि दक्षिण अमेरिकाको अमेजोन नदिमा राक्षस जस्तो यो जीव आज पनि जिउँदो नै छ । यो जीवको लम्बाई यति ठूलो छ कि यसले एउटा गोही नै निगल्न सक्छ ।

लामो समय देखि यो जीवलाइ लिएर धेरै किसिमको बकम्फुसे गफहरु, झुटा भिडियोहरु र समाचारहरु सामाजिक संजालहरुमा चर्चाको बिषय देखिरहने गर्छन् । तर वैज्ञानिकहरुको यो दावाले एकचोटि फेरि टिटानोबोआको अस्तित्वलाई लिएर वाद–विवाद चलिरहेको छ ।

टिटानोबोआको केहि जानकारीहरु

१. टिटानोबोआको लम्बाई

मानिन्छ कि यो दैत्य सर्पको लम्बाई करिब ५० फिट र चौडाइ ४ फिट जति छ । विज्ञानको अनुसार यो सर्प लामो समय सम्म पृथ्वीमा थियो तर अहिले यसको पृथ्वीमा भएको रिकोर्ड केहि नभएको देखिन्छ ।

२. टिटानोबोआको तौल

टिटानोबोआ एउटा यस्तो दैत्य आकारको सर्प हो जस्को तौल करिब डेढ हजार किलो थियो । यो सर्पलाई लिएर धेरै पटक बिभिन्न किसिमको दावा र भिडियो फुटेज सामाजिक संजालमा चर्चित भइरहेका छन् । “मिस्टेरियस् अर्थ” नामको वेबसाइटमा पनि यो सर्पको अस्तित्व रहेको दावा गरिएको छ । त्यो वेबसाइटमा यो सर्पलाई “मदर अफ् वार्टस्” यानी “समुन्द्रको आमा” भनी संकेत गरिएको छ ।

३. टिटानोबोआ कहाँ हुँन सक्छ

टिटानोबोआलाई लिएर दावा गर्नेहरु वैज्ञानिकको गु्रपले तर्क दिएका छन् कि अमेजोन नदि यति ठूलो र रहस्यमय छ कि हामी आज पनि त्यसको फेद सम्म पुग्न सकेका छैनौं । दावा छ कि यो सर्प यहि नदिमै छ । तपाइहरुलाई जानकारी गराइदिउँ कि अमेजोन नदि ६९९२ किलोमिटरमा फैलिएको छ । वर्तमान समयमा एनाकोन्डालाई संसारमा सबै भन्दा ठूलो दैत्य आकारको सर्प मानिन्छ । यदि टिटानोबोआ साँचिकै अस्तित्वमा छ भने एनोकोन्डा त्यो सर्पको अगाडि एकदमै सानो मानिनेछ ।

Facebook Comments