के तपाइले हिराले बनेको हवाइजहाज देख्नुभएको छ ? यसमा कसले यात्रा गर्न पाउँने ?

diamond-airlines-of-emirates

सामाजिक सञ्जालमा एमिरेट्स नामको हवाइजहाजको फोटो अहिले भाइरल भइरहेको छ । फोटोमा पुरै हवाइजहाजलाई हिराले सुन्दर रुपले सजाइएको देख्न सकिन्छ ।

उक्त हिराले सजिएको विमान एअरपोर्टमा अवतारण गरिसकेको छ । सो विमानको हिराले सजिएको तस्वीर देखेर मानिसहरु अचम्ममा परेका छन् र त्यही कारण उनीहरुले प्रश्न गरेका छन्, यस विमानको बास्तबिक सत्यता चाँहि के हो ? र उक्त विमानमा के हामी पनि यात्रा गर्न पाउँछौं त ?

एमिरट्स एअरलाइनको ट्वीटर अकाउण्टबाट यो फोटो पोस्ट गरिएको हो । उक्त पोस्टमा, ‘प्रस्तुत छ एमिरेट्स ब्लिंग ७७७, यो तस्वीर बनाएका हुन् “सारा शकीलले”’ भन्ने स्ट्याटस लेखिएको छ ।

ट्वीटरमा एमिरेट्सको यो तस्वीर सहितको पोस्टमा करिब १३ हजार भन्दा बेसि लाईक छ लाइक बढ्ने क्रम अझैं जारि नै देखिन्छ र सोहि पोष्टमा पाँच हजार भन्दा धेरै व्यक्तिहरुले कमेन्ट गरेका छन् ।

एमिरेट्सको पोस्टबाट यो काल्पकिन तस्वीर हो भन्ने कुरा पुष्टि हुँन्छ र जानकारी बमोझिम यस्तो हवाइजहाज अहिले सम्म निर्माण भएको पनि छैन ।

सारा शकील मीडिया रिपोर्ट अनुसार उनी इंस्टाग्रामका क्रिस्टल आर्टिस्ट सेलिब्रेटी हुन् । उनको इंस्टाग्राममा करिब ४.८ लाख फ्यान फलोअर्स छन् । साराले यो फोटो आफ्नो इंस्टाग्राममा ४ डिसेम्बरका दिन पोष्ट गरेकी थिइन् । उनले पोष्ट गरे पश्चात एमिरेट्स कम्पनीले उनी संग अनुमति लिएर उक्त फोटो आफ्नो ट्वीटरमा पोष्ट गरेको हो ।

एमिरेट्स कम्पनीका प्रवक्ताले उक्त भाइरल फोटोको र्सिजना सारा शकीलले गरेकी हुँन् र यो फोटो वास्ताविक नभएर काल्पनिक मात्र हो भन्ने कुरा बताएका छन् ।

Facebook Comments