१४ वर्षिय बालकको हत्यारा पोखरामा पक्राउ (भिडियो हेर्नुहोस्)

murderer-arrested

एक जना १४ वर्षिय बालकको हत्याको आरोपमा पोखरा लेकसाइडबाट पक्राउ परेका छन् । प्रहरीले उक्त हत्या काण्डमा सामेल वेनी काले भनेर चिनीने व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

स्रोतको जानकारी बमोझिम समातिएका व्यक्ति उक्त हत्या काण्डका प्रमुख व्यक्ति हुँन् । घटनामा सम्लग्न भएको भनेर प्रहरीले अन्य संकास्पद व्यक्तिहरुलाई पनि नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।

उक्त हत्याको घटना मादक पदार्थ सेवन गरेर सामान्य विवाद पछि भएको बताइएको छ । मृतक बालक सचिन सिन्जाली पाल्पाका स्थायी घर भएका र हाल लेकसाइडमा बस्दै आएका थिए र उनको हत्या मंगलवार हल्लन चोकमा निर्माणधिन अवस्थामा रहेको भवनमा भएको थियो ।

Facebook Comments