हतियार सहित अछाममा एक जना पक्राउ

arrested-with-gun

एक जना आछाममा भरुवा बन्दूक सहित समातियका छन् । प्रहरीले अछाम जिल्लाको तुर्माखाद गाउँपालिका ३ भैरवस्थानका ५२ बर्षिय पदम बहादुर बुढालाई समातेको हो ।

प्रहरीले पदम बुढाको घरमा बन्दूक भएको शंकामा छापा हानी उनलाई पक्राउ गरेको थियो । अछाम जिल्लाको ईलाका प्रहरी कार्यालय बिनायक र प्रहरी चौकी भैरवस्थान प्रहरीको टोलीले उनको घरमा छापा हान्दा १ थान भरुवा बन्दूक र भरुवा बन्दूकमा लाग्ने ५ थान नाल बरामद गरेको हो ।

बिनायक प्रहरी प्रमुख प्रनानी तिलक कलौनिले “बन्दूक राखेको आशंकामा हामीले छापा हान्यौ, हतियार भेटियो” भन्ने कुरा बताउँनु भयो साथै “हतियार भेटियो बुझ्दै जाँदा इजाजत लिएको रहेनछ” भन्ने कुरा बताउँनु भयो ।

जिल्ला प्रहरी प्रमुख डिएसपी जनक बहादुर शाहीले समातिएका बुढालाई प्रहरीको निगरानीमा राखेर अनुसन्धान भइरहेको बताउँनु भयो ।

कानुनमा इजाजत बिना हतियार राखिएको पाइएको खण्डमा ६ बर्ष जेल सजाय भोग्नु पर्ने कानुनमा छ ।

Facebook Comments