स्वाइन फ्लूका कारण ११ जनाको मृत्यु

people-died-by-swine-flu

दिल्लीको राज्य सरकारले भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लूका कारण यस वर्षको सुरुवातबाट नै आइतबार सम्म ११ जनाको मृत्यु भइसकेको तथ्याङ्कमा जनाएको छ ।

तथ्याङ्क अनुसार सन् २०१९ सालमा स्वाइन फ्लूबाट प्रभावित १,०११ भेटिएका हुन् र ति मध्य ११ जनाको विभिन्न अस्पतालमा उपचार गराइ रहेको समयमा मृत्यु भएको अस्पतालको स्रोतले जनाउँदछ ।

सन् २०१८ सालमा यस बिरामीको संख्या २०५ जना रहेको थियो भने ति मध्य २ जनाको मृत्यु भएको थियो । यस वर्ष स्वाइन फ्लू विरामीको संख्या निकै नै देखिएको छ । भारतीय सञ्चारमाध्यमको जानकारी अनुसार जनवरी महिनाको २९ गते सम्म स्वाइन स्वाइन फ्लू बिरामीको संख्या ५१२ थियो भने त्यसको एक हप्ता मै उक्त बिरामीको संख्या दोब्बर देखिएको छ ।

दिल्ली सरकारले सबै अस्पतालहरुमा आवश्यक औषधिहरु र अरु आवश्यक सामाग्रीहरु उपलब्ध गराएको छ र विरामीहरुलाई उपचार सेवाको कमी हुन नदिने बताएको छ ।

Facebook Comments