बीसीजीको खोप लगाउँदा सुनसरीमा शिशुको मृत्यु – यस्तो अप्रिय घटना हाम्रो देशमा किन ?

bcg-vaccine-given-child-died

पौष ६, सुनसरी – बिहिबार भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्ज टोलमा बीसीजी खोप लगाउँदा भरखर एक महिने शिशुको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुँयालले खोपका कारण स्थानीय शिवु खत्वेको एक महिनाको छोरा शिवम्को मृत्यु भएको जानकारी दिनुभयो ।

स्वास्थ्य चौकी भोक्रहाबाट खटिएकी अनमी गोमा ढकालले शिशुलाई दिउँसो करिब १ बजेको समयमा बीसीजी खोप लगाएकी थिइन् ।

खोप लगाएको केहि समय पश्चात शिशु बेहोस भएको थियो । बेहोश शिशुलाई जिल्ला अस्पताल उपचारको लागी लगिएको थियो र उपचारको क्रममा नै शिशुको मृत्यु भएको उनले जानकारी दिनुभयो ।

शिशुको मृत्यु पश्चात पिडित परिवार सहित रिसाएका स्थानीयवासीको भिडले स्वास्थ्य चौकीमा नारा जुलुसका साथै स्वास्थ्यकर्मीहरु माथि पनि लापरवाहि गरेको भन्दै हातपात गर्न खोजेका थिए । प्रहरीले खोप लगाउने स्वास्थ्यकर्मी गोमा ढकाललाई नियन्त्रणमा लिई हाल अनुसन्धान गरिरहेको छ ।

Facebook Comments