पाल्पामा जिप दुर्घटनामा सुत्केरि महिला सहित ५ जनाको मृत्यु – सान्तवना स्वरुप “रिप”

five-people-died-yesterday-car-accident-in-palpa

२८ मंसिर, बुटवल – भखरै पाल्पामा भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । बिहिवार राती पाल्पामा भएको उक्त दुर्घटनामा परि ३ दिनकी सुत्केरि महिला सहित ५ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि ४१ बर्षकी ३ दिन कि सुत्केरि भुमी कुमारी दर्लामी, ४४ बर्षकी यानीसरा गाहा, २३ बर्षकी कुनीसरा रुचाल, ७१ बर्षका रेवत बहादुर जिसी र २० बर्षका चालख विरेन्द्र रानाको मृत्यु भएको छ । जानकारी बमोझिम मृतक सबै माथागढी–८ बहादुरपुरका बासिन्दा हुन् ।

दुर्घटना पश्चात सिकिस्त घाइते भएकी सुत्केरि दर्लामीलाई तानसेन स्थित लुम्बिनी मेडिकल कलेजमा उपचारको निम्ती लगीएको थियो र उनको मृत्यु उपचारको क्रममा नै भएको थियो । उक्त अस्पतालले उनको ३ बर्षको शिशु सकुशल रहेको बताएको छ ।

दुर्घटनामा परेको लु १ ज २६५३ नम्बरको जिप तानसेनबाट जल्पा हुँदै बहादुरपुर जाँदै गरेको क्रममा आर्गिडाँडाको ओडारे भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

पूर्वखोला २ का वडा अध्यक्ष निर बहादुर सारुले रातीको समय र साँघुरोबाटो भएकाले जिप भित्तामा ठोकिएर दुर्घटनामा परेको हुँन सक्ने जानकारी दिनुभएको थियो । दुर्घटनामा परेको जिप करिब रोडबाट ५०० मिटर तल खोचमा खसेको हो र दुर्घटना स्थल र तानसेनको दुरी करिब ४० कि.मी जति छ । दुर्घटनामा सिकिस्त घाइतेहरुको उपचार सोहि लुम्बिनी मेडिकल कलेज पाल्पामा भइरहेको छ ।

Facebook Comments