सिन्धुलीमा जिप दुर्घटना – ५ जनाको दुर्घटनामा मृत्यु ७ जना घाइते

sindhuli-jeep-accident

सिन्धुलीको फिकल गाउँपालिका–२, चण्डी भञ्ज्याङमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । घाइते मध्य ३ जनाको अवस्था गम्भीर छ ।

बा १५ च ९४२२ नम्बरको जिप सडकबाट करिब २०० मिटर सडकबाट तल खसेको र घटना स्थलमै ५ जनाको मृत्यु भएको सिन्धुली, जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीको जानकारी बमोझिम गम्भीर घाइतेहरुको उपचार खुकोट अस्पतालमा भइरहेको छ ।

Facebook Comments