१२ बर्ष देखि साङ्लोको कैदमा

man-caught-twelve-years-with-iron-chain

सप्तरीको अग्निसाइर कृष्णसवरण–१, घोघींदाहाका ४७ वर्षीय बासिन्दा उमाकान्त चौधरी १२ वर्षदेखि साङ्लोको कैछमा बाँधिएका छन् उक्त समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा पनि छापिएको छ । चराउन लैजादाँ वस्तुभाउका दाम्लो पनि खोल्ने गरिन्छ तर उमाकान्त साङ्लामा बाँधिएको करिब १२ बर्ष हुँन लाग्यो ।

२०६३ सालदेखि उनलाई उनी मानसिक रोगी भएका कारण मानिसहरुलाई दुःख दिन थालेपछि उनलाई त्यसरी बाँधेर राखिएको परिवारले बताएको छ । उनलाई बाँधेर राख्नको लागी उनको घर अगाडि नाला माथि सानो कटेरो बनाइएको छ । उनको खुट्टामा बाँधिएको साङ्लो उनी सुत्ने खाटमा नै बाँधिएको छ । बाँधिएको साङ्लो जम्मा दुई फिट जत्रो मात्र भएकाले उनी धेरै यताउता गर्न त टाढाको कुरा हो उनी राम्ररी उभिन पनि सक्तैनन् ।

जस्तो सुकै मौसममा होस् जाडो वा गर्मी, उनको शरीरमा कट्टु बाहेक अन्य कुनै कपडा हुँदैन । ओढ्न र ओछ्याउन एउटा मात्र सिरक भएका कारण उनी जाडोमा काँपेर रात बिताउँछन् र दिउँसोमा निदाउँने गर्दछन् ।

उनको त्यस अवस्थाले गर्दा साङ्लोको डाम गढेर घाउ नै भएको छ र मानसिक अवस्था ठिक नभएका कारण आफु बसेकै ठाउँमा दिसा–पिसाब पनि गर्छन्। । बिहान–बेलुका भात खुवाउने उनकी श्रीमती सुशीलालाई बेला–बेला हतकडी खोलिदिन उनका श्रीमान्ले आग्रह गर्छन् र उनी भन्छिन् त्यसतो गर्दा खोलिदिऊँझैं लाग्छ तर अप्रिय घटना हुने डर रहेको कारण उनलाई त्यसतै नै राख्नु पर्छ ।

Facebook Comments