सांसद उत्तमकुमार ओलीको निधन – हार्दिक श्रद्धाञ्जली

minister-oli-died

सवारी दुर्घटनामा घाइते भएका प्रदेश ५ का सांसद उत्तमकुमा ओलीको निधन भएको छ । शुक्रबार बिहान २ः३० बजे मेडिसिटी अस्पतालमा उपचार भइरहेको सांसद उत्तमकुमारको निधन भएको जानकारी सुरेश रावतले दिएका छन् ।

गत माघ २४ गते बुटवलमा प्रदेश सभाको बैठक सकेर घर फर्किदै गर्दा सांसद ओली सवारी दुर्घटनामा परेका थिए । उनी चढेको कारलाई बसले ठक्कर दिएको थियो र उनी गम्भीर घाइते भएका थिए भने उनको उपचारको लागी उनलाई ललितपुर स्थित मेडिसिटी अस्पतामा राखिएको थियो ।

सुरेश रावतले सांसद ओलीको शव पोेस्टमार्टम गरी बिहान ९–१० बजे सम्म धुम्बराई पार्टी कार्यालय राखिने र आजै नै शव गृह जिल्ला दाङ लगिने तयारी भएको बताएका छन् । सांसद वली नेकपाकातर्फबाट दाङ क्षेत्र नम्बर ३ “ख” बाट निर्वाचित भएका सांसद हुन् ।

२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा दाङ क्षेत्र नं ५ बाट उम्मेदवार रहेका उनी  दीपक गिरीसँग पराजित भएका थिए । २०७४ को प्रदेशसभा निर्वाचनमा पूर्व सांसद बुद्धिराम भण्डारीलाई पराजित गर्दै विजयी भएका हुन् ।

Facebook Comments