अब जागिर खोज्न सरकारी जब पोर्टल

nepal-government-job-portal

श्रम विभागले जागिरको खोजीमा रहेका व्यरोज्गार र रोजगारदातालाई समन्वय गराउन ‘जब पोर्टल’ सञ्चालनमा ल्याएको छ । नेपालको निजी क्षेत्रमा विभिन्न प्राइभेट ‘जब पोर्टल’ कम्पनीहरु सञ्चालन भए पनि सरकारी स्तरबाट सञ्चालित यो पहिलो जब पोर्टल हो ।

श्रम विभागले जब पोर्टल र यसको प्रयोगबारे सोमबार राजधानीमा अन्तरवार्ता गर्दै यस जब पोर्टलले बेरोजगार व्यक्तिहरु र रोजगारदाता दुवैलाई फाइदा पुर्याउने जनाएको छ । भदौ ९ गतेबाट विभागले www.jobkhoj.gov.np जब पोर्टल वेबसाइटलाई सञ्चालनमा ल्याएको छ ।

श्रम विभागले ८ वर्ष देखि रोजगार सूचना केन्द्र सञ्चालन गर्दै आएको छ र अहिले अनलाइनमा आधारित जब पोर्टल थप गरेर यसलाई प्रख्यात जब पोर्टल बनाउँने बताएको छ । यस जब पोर्टललाई निर्माण गर्न अन्तर्राष्ट्रिय श्रम संघ “आईएलओ” र कोरियन अन्तर्राष्ट्रिय सहयोग एजेन्सी “कोइका” ले आर्थिक तथा प्राविधिक मद्दत गरेका छन् ।

विभागको जानकारी बमोझिम व्यरोजगार व्यक्ति तथा रोजगारदाताले आफ्नो जानकारी सूचना केन्द्रको वेबसाइटमा गएर सिधै पोर्टलमार्फत भर्न सक्ने बताएको छ । श्रम विभागका सूचना केन्द्र भद्रपुर, विराटनगर, उदयपुर, जनकपुर, काठमाडौं, पोखरा, बुटवल, पर्वत, दाङ, जुम्ला, नेपालगन्ज, धनगढी र महेन्द्रनगरमा राखिएका छन् । यस पोर्टलमा जागिरको खोजीमा रहेका तथा रोजगारदाताले निशुल्क विवरण राख्न सक्ने र विभागले विवरण भर्न पनि बिना पैसा मद्दत गर्नेछ ।

पोर्टलमा सरकारी, राष्ट्रिय र अन्तर्राष्ट्रिय गैर–सरकारी कार्यलयका विज्ञापनलाई पनि राख्दै व्यापक बनाउने श्रम विभागका महानिर्देशक देवराज ढकालले बताए । महानिर्देशक ढकालले ‘भर्खर सुरु भएकाले यसका कमीकमजोरी हटाउँदै आधिकारिक पोर्टल बनाउन लागेका छौं,’ र ‘अहिले धेरैको हातमा स्मार्ट फोन भएकाले यसको प्रयोग बढ्नेमा हामी विश्वस्त छौं’ भनेका छन् ।

Facebook Comments