सभापति र सांसद मन्त्रालयको खर्चमा घुम्दै

ministers-travelling-in-ministry-budget

संसदीय समितिका सदस्यहरु सरकारले आयोजना गरेको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान कार्यक्रममा आफुहरुलाई पनि सहभागी गराउन निर्देशन दिँदै सरकारी खर्चमा सहभागी भएका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ९ मंसिरदेखि सुरु भएको १६ दिने अभियान सातवटै प्रदेशमा सञ्चालन गर्ने र्निणय गर्यो ।

मंसिर १२ गते आफुहरुलाई पनि कार्यक्रममा बोलाउन संसदको महिला तथा सामाजिक समितिले निर्देशन दिएको छ ।

आजको नयाँ पत्रिकाको जानकारी बमोझिम संसदको निर्देशन पाएपछि मन्त्रालयले निमन्त्रण पठाएर आफ्नै खर्चमा समिति सभापति र सांसद्लाई प्रदेश अनुसार हुने कार्यक्रमहरुमा सहभागी गराएको छ ।

Facebook Comments