सप्तरीमा चितुवाले ५ जना घाइते बनाएको छ

leopard-attack

चितुवाको आक्रमणबाट सप्तरी कञ्चनरुप नगरपालिका–१० भोडहमा ५ जना घाइते भएका छन् ।

सप्तरी प्रहरीले बुधवार बिहान करिब ६ बजे कञ्चनरुप नगरपालिकाको जंगलबाट आएको पाटे चितुवाले आक्रमण गर्दा ५ जना व्यक्ति घाइते भएको जानकारी दिएको छ ।

कञ्चनरुप नगरपालिका–१० भोडहका ६० बर्षिया राजवती देवी चौधरी, ३७ बर्षिय भरत चौधरी, सत्य नारायण चौधरी, महावती चौधरी र हिरानन्द चौधरी उक्त चितुवाको आक्रमणबाट घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, राजविराजले घाइते मध्य राजवती देवी चौधरीको स्थानी अस्पतालमा उपचार भइरहेको र बाँकीको उपचारको निम्ती विराटनगर पठाएको जानकारी दिएको छ ।

Facebook Comments