थुप्रै देशका सुन्दरिहरुलाई उछिन्दै मिस वल्र्ड सेमिफाइनलमा श्रृंखला खतिवडा

shrinkhala-khatiwoda-enter-miss-world-semi-final

चाइनाको सान्या शहरमा भइरहेको मिस वल्र्ड – २०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागीता जनाएकी मिस नेपाल–२०१८ श्रृंखला खतिवडा सेमिफाइनलमा पुगेकी छिन् । उक्त विश्व सुन्दरी प्रतियोगितामा श्रृंखला १ सय २१ देशका प्रतियोगि सुन्दरीहरु मध्य उत्कृष्ट ३० मा छनोट भएर सेमिफाइनलमा पुग्न सफल भएकी हुँन् ।

उनले बिहिवार बेलुकी पख फेसबुक मार्फत आफु टप मोडेल विद्या अन्तर्गत उनी सेमिफाइनलमा पुगेको खुलासा गरेकी थिइन् । उनले आफ्नो फेसबुकको स्ट्याटसमा ‘सेमीमा प्रवेश गर्दा म अत्यन्त खुशी छु । प्रतिस्पर्धाको कठिन अवस्थालाई शानदार तरिकाले अवस्थालाई सम्हाल्न सकेकोमा प्रतिस्पर्धीले मलाई बधाई दिएका थिए’, ‘नेपालीले दिएको माया र विश्वासप्रति आभार प्रकट गर्दै सबैलाई धन्यवाद दिन चाहन्छु ।’ जस्ता कुराहरु पोष्ट गरेकी थिइन् ।

मिस वल्र्ड प्रतियोगितामा सहभागी हुँन शृंखला नौ दिनअघि चीन गएकी हुन् । २२ वर्षीय श्रृंखला खतिवडा पेशाले इन्जिनियर हुँन् र उनले पुल्चोक इन्जिनियरिङ क्यापसबाट आर्किटेक्ट संकाएबाट आफ्नो स्नातक तहको पढाइ सकेकी हुँन् ।

एसिया माहाद्विपबाट नेपालकी प्रतिसप्रधि श्रृंखला खतिवडा सबैभन्दा प्रभावशाली साबित भएकी हुँनाले यस पटकको मिस वल्र्डको प्रतियोगितामा उनी अगाडि देखिन्छिन् । विश्व सुन्दरी २०१८ प्रतियोगिताको फाइनल ८ डिसेम्वर चाइनाको सान्या शहरमा सम्पन्न हुँनेछ ।

Facebook Comments