मिस वल्र्ड २०१८ मा श्रृंखलाले “मल्टिमिडिया अवार्ड” हात पारेकी छिन् – श्रृंखलाको फाइनलमा प्रवेश

multimedia-award-title-to-shrinkhala-khatiwoda

चीनमा जारी ‘मिस वल्र्ड–२०१८’ को मल्टिमिडिया प्रतियोगीतामा मिस नेपाल श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी छिन् ।

मिस वल्र्डको आधिकारीक फेसबुक पेजको जानकारी मार्फत श्रृंखला खतिवडाले मेक्सिको र केन्याका सुन्दरीलाई उछिन्दै ‘मल्टिमिडिया’ विद्यामा उपाधी हात पार्न सफल भएको जानकारी पाइएको छ ।

shrinkhala-khatiwoda-given-multimedia-award-title-in-miss-world

श्रृंखलाले ‘मल्टिमिडिया अवार्ड’ जिते सँगै मिस वल्र्ड–२०१८ को फाइनल राउण्डको अन्तिम ३० कन्टेष्टेन्टमा प्रवेश गरेकी छिन् । यस मिस वल्र्डको फाइनल जजमेन्ट अथवा मिस वल्र्डको टाइटल अडियन्सको सहभागीता, प्रभाव र विषय वस्तुको सिर्जनात्मकताको आधारमा दिइने छ ।

त्यति मात्रै नभएर श्रृंखला ‘टुरिजम भिडियो च्यालेन्ज’ विधा प्रतिस्पर्धामा समेत उत्कृष्ट ५ भित्र पर्न सफल भएकी थिइन् तर उक्त प्रतिस्पर्धामा भने टुरिजम भिडियो च्यालेन्जको टाइटल मिस केन्याले जितेकी थिइन् ।

Facebook Comments