आगलागीका कारण तेह्रथुममा ६ बर्षिय शिशुको जलेर मृत्यु

baby-died-in-fire
सांकेतिक तस्वीर

तेह्रथुमको आठराई गाउँपालिका–३ ह्वाकूममा आइतबार दिउँसो आगलागी हुँदा एक शिशुको मृत्यु भएको छ भने आगलागी भएको घर पनि पूर्ण रुपले जलेर नष्ट भएको छ ।

दिउँसो करिब ३ बजे तिर स्थानिय श्रीप्रसाद खातीका ६ बर्षिय नाती मौसम खातीको एक्कासी लागेको आगोमा जलेर मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय अठराईले, घर नजिक चाङ लगाएर राखिएको परालमा बच्चा खेल्ने क्रममा बच्चाले लाइटर प्रयोग गर्दा पराल सल्किएर ठूलो आगलागी भएको र आगोको चेपमा आएर शिशुको मृत्यु भएको र घर पनि नष्ट भएको जानकारी दिएको छ ।

आगलागीका कारण घरमा भएको अन्न, लत्ताकपडा, भाडाकुडा लगाएत सम्मूर्णको विवरण हेर्दा करिब ६ लाख ८० हजार बराबर धन–सम्पत्तीको नोक्सान भएको देखिन्छ । मृतक बालकको शव पोष्टमार्टम गर्नका निम्ती ईलाका स्वास्थ्य चौकी सक्रान्ती लगीएको छ ।

उक्त आगलागी भिषण भएको कारण आगलागी नियन्त्रण गर्न करिब ३ घण्टाको समय लागेको थियो ।आगो नियन्त्रण गर्न आठराइ ईलाका प्रहरी कार्यालय, संक्रान्ति बजारको टोली र स्थानियबासीको टोली लागी परेका थिए ।

आगलागीका कारण घर बिहिन भएका खाती परिवार हाल आफन्त कहाँ बसिरहेका छन् ।

Facebook Comments