कश्मिर आक्रमणमा शहिद आर्मीका परिवारलाई अमिताभ बच्चनले २ करोड २५ लाख दिने

amitabh-donation

कस्मिर आक्रमणमा शहिद आर्मी परिवारहरुलाई बलिउडका महान अभिनेता अमिताभ बच्चनले २ करोड २५ लाख आर्थिक सहयोग प्रदान गर्ने घोषणा गर्नु भएको छ ।

प्रत्यक शहिद परिवारलाई भारु ५–५ लाख रकम प्रदान गर्ने अमिताभले प्रतिवद्धता जनाउनु भएको । उक्त सहयो प्रदान गर्न उहाँ सरकारी मद्दत लिइ रहेका छन् ।

अमिताभले ४९ जना शहिद आर्मीका परिवारलाई कुल २ करोड २५ लाख भारु रकम सहयोग गरिने बताउँनु भएको छ ।

अमिताभ बच्चनका प्रवक्ताले भारतीय सञ्चार एजेन्सीलाई प्रत्यक शहिद परिवारलाई अमिताभले ५–५ लाख आर्थिक सहयोग गर्ने जानकारी दिएका छन् र यो सहयोगको लागी उनले उचित प्रक्रियाको खोजी गरिरहेको बताएका छन् ।

Facebook Comments