व्यरोज्गारीलाई ओली सरकारले फाल्गुन महिना देखि ८,५०० हजार व्यरोज्गार भत्ता दिने

unemployment-allowance

स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने र व्यरोज्गारीहरुलाई बेरोजगार भत्ता दिने योजनाका साथ अर्को साता प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा आउने भएको छ । चालू आर्थिक वर्षको बजेटमा सरकारले निर्णय गरि घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको हो ।

मन्त्रालयका एक अधिकारीले उक्त कार्यक्रम कार्यान्वयनका लागि सम्पूर्ण योजना तय भइसकेको बताए । फागुन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको घोषणा गर्ने समाचार नागरिक दैनिकमा उल्लेख गरिएको छ ।

सरकारले बेरोजगार भत्ता दिँदा एक आर्थिक वर्षमा न्यूनतम १०० दिनको रोजगारी प्रत्याभूत गर्नेछ । अर्थात् केही रोजगारी नपाएका बेरोजगार युवालाई सरकारले १०० दिन बराबरको न्यूनतम १०० दिन बराबारको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेछ । हाल सरकारले मासिक न्यूनतम आठहजार पाँचसय रुपैयाँ पारिश्रमिक तोकेको छ।

बरोजगार मानिनका लागि सम्बन्धित श्रमिकको एकाघरका कुनै पनि सदस्य स्वदेशी वा विदेशी रोजगारी र पेशामा सामेल भएको हुनुहुँदैन । बेरोजगार भत्ता पाउनेलाई सरकारले सकेसम्म तोकिएको क्षेत्रमा रोजगारी उपलब्ध गराउनेछ ।

Facebook Comments