वैदेशिक रोजगारी कम गर्न नागरिकमा चेतना

awarness-for-working-people-abroad

मंसिर ११

विशेष गरी हाम्रो देश नेपाल विकाशोन्मुख देशको नामले परिचित त छदैछ, गरिवि,अशिक्षाका कारण कैयौ नेपालीहरु प्रदेशी भूमिमा श्रम बेचिरहेका छन् । उनिहरुले नचहाँदा नचहाँदै खाडी मुलुकतिर पस्न बाध्यात्मक अवस्था आऊनुमा सर्बप्रथम त हाम्रो देश आत्मनिर्भर भन्दापनि परनिर्भरमा निहित छ, जसले गर्दा करोडौ नेपालीहरुको समस्या यो छ कि देशमै केही व्यवसाय गरौ भन्ने मनाशय भएपनि आवश्यक पुँजीको अभाव, गरिवि र अशिक्षाका कारण यसको लागी बाटो खुल्न सकेको छैन ।

जोसंग अलि धेरै धन–सम्पती छ, जसका मान्छेहरु ठूला–ठूला पदमा पुगेका छन्, उसैका छोराछोरी अथवा भनौभने उसैका आफन्तहरुलाई मात्रै स्वदेशमा स्थान छ । यसो त सबैखाले समस्या न्यूनिकरण गर्न म त भन्छु, हामीकहाँ विध्यमान गरिवी मुलुकबाटै हटाईनुपर्छ, आवश्यक सिप र शिक्षा सबैले पाऊनुपर्छ, ताकि उसले बुझोस मैले पढेर हुन्छ कि सिप सिकेर जसरी हुन्छ आफ्नै देशमा केही गरौँ भन्ने भावनाको विकास होस ।

रेडियो टेलिभिजन सुन्ने,हेर्ने र पत्रपत्रिका पढ्ने यहा धेरै छौ, लाखौ रुपिया ऋण खोजेर जसोतसो धैरै धनसम्पति कमाऊने आशैआशमा हामी विदेश जान्छौ, कैयौ नेपालीहरु त्यहा अकालमै मृत्यु हुन्छ, लास आऊन समेत धैरै समय लाग्नेगर्छ ।
यस्ता खवर दैनिकजसो पढिरहेका छौ हामीले ।

आफ्नो श्रम अर्काको देशमा पोख्नुपर्दाको पिडा, अर्कोतिर घरपरिवार संग बस्न नपाऊनु ज्यादै दुखलाग्दो कुरा छ, यो वास्तविक समस्यालाई सरकारी पक्षधरले बुझ्नुपर्छ, निशुल्क वैदेशिक रोजगारीमूलक कार्यक्रम ल्याउनु, सकेसम्म स्वदेशमै रोजगारी मिलाउनु तिर सरकार लागोस ।

आगामी दिनहरुमा यस्तो समस्या सुन्न नपरोस कि मान्छेको ज्यान नै ढुङ्गामाथी अर्को ढुङ्गाले थिचोमिचो गर्न नपरोस् ।

जब पढ्छ नेपाल तब अधि बढ्छ नेपाल यस्तै भावनाको विकास होस ।

Facebook Comments