सरकारको स्वीकृती पाए विराटनगर–इटहरीमा मोनोरेल कुद्ने

monorail-in-nepal

प्रदेश नम्बर १ मा मोनोरेल निर्माण गर्न त्यहाँको निजी क्षेत्रले पहल थालेको छ । विराटनगर देखि धरान सम्म मोनोरेल कुदाउन लगानी जुटाइसकेको एउटा कम्पनीले दाबी गरेको छ । मोनोरेलका क्षेत्रमा काम गरिरहेको विराट मोनोरेल कम्पनीले भारतीय कम्पनीसंग ३२ अर्ब लगानी सम्झौता भएको कुरा जनाएको छ ।

उक्त कम्पनीले मोनोरेल कुदाउँन सरकारको स्वीकृती पाए लगानीको कुनै समस्या नहुँने जानकारी दिएको छ । कम्पनीका अध्यक्ष परमानन्द मेहताले ७० प्रतिशत विदेशी लगानी र ३० प्रतिशत स्वदेशी लगानीमा मोनोरेल बनाउँने योजना रहेको जानकारी दिएका छन् ।

मोनोरेल सर्भे गर्नका निम्ती कम्पनीले सरकार संग अनुमती मागेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले संघीय सरकार संग अनुमती मागीसकेको भए पनि अनुमती अझै आइनसकेको जानकारी दिनुभयो ।

निर्माण हुने मोनोरेल ३० कि.मी लामो हुँनेछ भने निर्माणाधीन ६ लेन सडकको बीचबाट यो रेल गुड्ने छ । सडकको बीच भागमा मोनोरेल कुद्नका लागी खम्बाहरु गडिएका हुँनेछन् । अन्य रेलहरुको तुलनामा मोनोरेल ३ गुणा सस्तो पर्ने बताइएको छ ।

यो खबर आजको अन्नपूर्ण पोष्टमा उल्लेख छ ।

Facebook Comments