पर्यटक भिषामा आएर धर्म प्रचार गर्ने १६३ विदेशी देश निस्कासित

nepal-banned-foreigners-to-come-nepal

१६३ विदेशी नागरिक देश निस्कासित हुँदैछन् किनभने ति विदेशीहरु घुम्ने बहानामा नेपाल आएर धर्म प्रचार र अवैध व्यापार व्यवसायमा संलग्न भएका थिए ।

यति धेरै विदेशी नागरिकहरु चार महिनाको अवधिमा मात्रै देश निकालामा परेका हुन् । अध्यागमन विभागले जनाएको खबर अनुसार पर्यटक भिसामा नेपाल आएर धर्म प्रचारदेखि अवैध व्यपार सम्ममा संलग्न ति विदेशीहरुलाई देश निकाला गरिएको हो ।

यस्तो अपराधिहरु विभागले यस्तो काम सञ्चालन गर्नेविरुद्ध ‘खोज’ अभियान थालेपछि बढेको हो । भिसाको दुरूपयोग गरी धर्म परिवर्तन गर्न प्रचार–प्रसार गरिरहेका दुई जापानी महिलालाई हालै गृह मन्त्रालयले पाँच वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्कासन गरेको खबर अन्नपूर्ण पोस्टमा उल्लेख गरिएको छ ।

इसाई धर्म प्रचारप्रसार गर्ने र गरिब बस्तीमा आर्थिक प्रलोभन देखाइ धर्म परिवर्तन गराउँदै आएका थिए मारी इकुरा र यासुको ओवाले ।

Facebook Comments