नक्कली लाइसेन्स बनाउँने ठग पोखराबाट पक्राउ – सचेत हऔं

licence-cheater-arrested-in-pokhara

पोखराबाट लाइसेन्स बनाइदिन्छु भन्ने ठग प्रकाउ परेका छन् । पर्वतका सरोज चापाई क्षेत्री सोमबार नक्कली लाइसेन्सको कागज दिँदै ठगी गरेको आरोपमा पोखराबाट समातीएका हुँन् ।

जिल्ला प्रहरी कार्यलय कास्कीमा ठग सरोज चपाइ क्षेत्रीले लाइसेन्स बनाइदिने लोभ देखाउँदै धेरै व्यक्तिहरुबाट ३५–४५ हजार रुपैंया सम्म मागेको रिर्पोट आएको थियो । सरोजलाई लेकसाइड क्षेत्रबाट जिल्ला प्रहरी कार्यलयबाट खटाइएको बिषेश टोलीले समातेको हो ।

पिडितले प्रहरीमा सरोज चपाइ क्षेत्रीले समाजिक संजाल फेसबुकमा नक्कली अकाउन्ट मार्फत कुराकानी गरेर थुप्रै व्यक्तिहरुबाट लाइसेन्स बनाउन रकम असुली गरेको हो भन्ने प्रमाण सहित उजुरी गरेका थिए ।

उक्त ठग चपाइले सक्कली लाइसेन्स भनेर नक्कली लाइसेन्सको कागजात अन्जान व्यक्ति द्धारा र ट्याक्सी चालख द्धारा पठाउँने र रकम आइएमी मार्फत मगाउँने उजुरी पिडित पक्षले गरेका थिए ।

आरोपमा, सरोज चपाइले म्याग्दिका सुरेश खत्री, डेक प्रसाद श्रेष्ठ र टंकलाल श्रेष्ठलाई लाइसेन्स बनाइदिन्छु भनि नक्कली लाइसेन्स दिई ठूलो रकम असुलेको आरोप छ । उनी प्रकाउ परे पछि उनको कोठामा खोज–तलास गर्दा अरु २ व्यक्तिहरुको लाइसेन्स बरामद भएको थियो ।

हाल सरकारले लाइसेन्स उपलब्द गराउँन नसकेको हुँदा लाइसेन्स बनाउँदा लिखित र ट्राइल पास भइसकेपछि पाएको कागजात नै अहिलेको कामचलाउ लाइसेन्स भएको छ र आरोपी सरोजले सोहि कागजातको ठगी गरेको उनलाई आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यलय पोखराको स्रोत अनुसार आरोपी सरोज चपाइ क्षेत्री माथि आज नै मुद्दा चलाएर अनुसन्धान अघाडि बढाइनेछ ।

Facebook Comments