यौन व्यवसायमा सम्लग्न १४ महिला सहित १८ व्यक्तिहरु पक्राउ

nepal-police-arrested-prostitutes-in-boudha

२५ मंसिर, काठमाडौँ – प्रहरीले काठमाडौँको बौद्ध क्षेत्रका विभिन्न स्थानमा यौन व्यवसाय गर्ने १८ व्यक्तिहरु विरुद्ध मुद्दा चलाएको हो ।

महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले यौन व्यवसायमा संलग्न भएको आशङ्कामा ३ होटल सञ्चालकसहित १८ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको जानकारी दिनुभयो ।

होटलमा यौन पेशा चलाएको आशङ्कामा नारायणटारकी होटल सञ्चालन कर्मीहरु ३० वर्षीया अञ्जली तामाङ, २८ वर्षीय चन्द्रबहादुर गोले र जम्मु डाँडाबाट २७ वर्षीया अस्मिता थापा मगर सहित १४ महिला र ४ पुरुषविरुद्ध मुद्दा प्रहरीले चलाएको हो ।

मङ्सिर २२ गते यौन व्यवसायमा सम्लग्न पक्राउ परेका २७ जना व्यक्तिहरुको बारेमा अनुसन्धान गरेपछि साँचो अपराधिहरु १८ जनाविरुद्ध मुद्दा चलाइएको हो ।

नायब निरीक्षक चन्दले बताउनुभयो, बौद्ध क्षेत्रको नयाँ बस्ती, जम्बुडाँडा र नारायणटारमा सञ्चालित होटल रेष्टुरेण्टको गतिविधिको अनुसन्धानका साथै छापा मारेर नियन्त्रणमा लिइएपछि आइतबार मुद्दा दर्ता गरिएको हो ।

प्रहरीको छापापछि बौद्ध, जोरपाटी, नारायणटार, नयाँ बस्ती र जम्बुडाँडाका होटल तथा रेष्टुरेण्टमा अवैध यौनजन्य क्रियाकलाप भइरहेको थाहा भएको हो ।

Facebook Comments