युवाहरुलाई लुट्दै युएईमा भिजिट भिसामा पठाइ बिचल्ली बनाउँने निलप्रसाद

human-trafficking

सिन्धुपाल्चोक घर भई हाल दुवई बसोबास गरिरहेका निलप्रसाद लम्सालले वैदेशीक रोज्गारका नाममा ठगी गरिरहेको सार्वजनीक भएको छ ।

उनले नेपालबाट युवाहरुलाई युएई, ओमन, कतार लगाएतका खाडि देशमा राम्रो रोज्गारको आश देखाइ ३–४ लाख रुपैंया लिई भिजिट भिसामा लगि अलपत्र पार्ने गरेको खुलासा भएको हो ।

युएईमा खान, बस्न र नेपाल फर्किने पैसा नहुँदा युवा अवैधानिक रुपमा त्यहाँ बस्न बाध्य छन् । ठगीमा संलग्न लम्साल पहिले सामाखुसीमा रहेको लिभरपुल इम्प्लोइमेन्ट सर्भिसेस प्रालि म्यानपावरका संचालक समेत थिए । लिभरपुल इम्प्लोइमेन्ट म्यानपावर मार्फत धेरै वैदेशीक रोज्गारमा जाने ठगिएपछि वैदेशिक रोजगार विभागले उक्त म्यानपावर कम्पनी बन्द गराएको थियो ।

Facebook Comments